२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा राष्ट्रवादीले सातै प्रदेशमा संयोजकको जिम्मेवारी तोक्यो

२०७४, ४ माघ बिहीबार ०६:३७

माघ ४ काठमाडौँ | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर सगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ |

प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश ७ मा तीर्थप्रसाद श्रेष्ठलाई पार्टीको बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले संयोजकको जिम्मेवारी दिएको आज जनाइएको छ । 

पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नवनियुक्त संयोजकले सम्बन्धित प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने, स्थानीय जनतासँग समन्वय गर्ने र सांगठनिक संरचनामा सुधार गर्न वैठकले निर्देशन दिएको जानकारी दिनुभयो । 

यसअघिको केन्द्रीय समितिको बैठकले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि स्थानीय तहदेखि नै बलियो संगठन निर्माण गर्ने निष्कर्ष निकालेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण