2026-07-04 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

प्रदेश नं ३ का सांसदले नुवाकोट र रसुवा भ्रमण गर्ने

2018-01-19

माघ ५ , नुवाकोट  | प्रदेश नं. ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् । 

यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नं. प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन् । जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङका अनुसार ३ नं प्रदेशबाट प्रत्यक्षमा निर्वाचित ६६ जना र समानुपातितर्फबाट सिफारिस भएका ४४ जना गरी १०० जना प्रदेश सांसदलाई दुई जिल्लाको भ्रमण गराउँदै सम्मान तथा बधाई दिन लागिएको हो । 

३ नं. प्रदेशअन्तर्गत १३ जिल्लाका १०० जना सांसद काठमाडौँमा भेला भएर माघ ७ गते बिहान टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोट आइपुग्ने कार्यक्रम तय भएको छ । माघ ७ गते नुवाकोट आइपुग्ने सांसद माघ ९ गते बिहानसम्मको बसाइमा जिसस नुवाकोट र रसुवाको सम्मान स्वीकार गर्ने र रसुवागढी नाकासम्मको भ्रमण गर्ने कार्यक्रम मिलाइएको छ । 

यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिकालगायतका स्थानीयतहको स्वागत, सम्मान र बधाई स्वीकार गर्ने, नुवाकोटमा रहेका ऐतिहासिक धार्मिक एवं पुरातात्विक सम्पदाको भ्रमण अवलोकन गर्ने, नुवाकोटको वस्तुस्थितिको वृत्तचित्रमार्फत जानकारी लिने कार्यक्रमसमेत तय भएको जिल्ला समन्वय अधिकारी केशरबहादुर पण्डितले जानकारी दिनुभयो । 

३ नं प्रदेशको राजधानी नुवाकोट माग गर्दै आएका यहाँका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाजलगायतका अभियन्ताले प्रदेश सांसदको जिल्ला आगमनको समयमा आफ्नो मागको सम्बन्धमा ध्यानाकर्षण गराउने अवसरका रुपमा समेत प्रयोग गर्ने तयारी गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै