१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

५ माघ २०७४, शुक्रबार ०७:४६

माघ ५ , भद्रपुर | कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याउने बताउनुभएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने अहिलेको आवश्यकता हो भन्दै अन्नमा आत्मनिर्भर बनाउन, उत्पादन बढाउन र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निकै उपयोगी हुने बताउनुभयो । 

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ, उहाँले भन्नुभयो – “कम लागतमा बढी उत्पादन लिन सक्नु नै यो परियोजनाको मुख्य उद्देश्य हो ।” 

प्रदेशसभा सदस्य वशन्त बानियाँले परम्परागत खेतीलाई आधुनिकीकरण नगरेसम्म अन्नमा आत्मनिर्भर बन्न नसकिने बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ रामबाबु अधिकारी, सुपर जोन बनियानीका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेना र परियोजन सञ्चालक समितिका सहसंयोजक चिन्तामणि खरेलले कृषिमा आधुनिकीकरणका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

कार्यक्रममा कृषि राज्यमन्त्री प्रसार्इंले धानको बीउ राख्ने मेशिन, धान छर्ने मेशिनको शुभारम्भ गर्नुका साथै हरित कृषक समूहद्वारा तयार पारिएको खेतमा बोरो धानको रोपाइँ पनि गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह