२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

५ माघ २०७४, शुक्रबार ०८:०५

माघ ५ , महोत्तरी | प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ । 

मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो । 

भेटमा शहीद रामविवेककी आमा इन्दोदेवीले आफ्नो सहारा एकमात्र छोरो गुम्दा घरपरिवार सञ्चालनमा निकै कठिनाइ भएको पिडा सुनाउनुभयो । बस्ने घर जीर्ण भएको र मर्मत गर्नसमेत नसकेकाले उहाँले सहयोगको अपेक्षा पनि गर्नुभयो । 

त्यस्तै जलेश्वर नगरपालिका–१४ का शहीद अमित कापरका घरपरिवारले पनि कमाइ गर्ने अविभावक नै नहुँदा घर धान्न मुस्किल भएको बताए । जलेश्वर नगरपालिका–८ का जिउँदा शहीद नगेन्द्र साहले आजसम्म डा यादवबाहेक कुनैपनि नेताले आफ्ने अवस्थासमेत हेर्न नआएको दुःखेसो गर्दै उहाँले पुर्याउनुभएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

अहिले साहले एउटा सानो किराना पसल खोलेर गुजारा चलाउँदै हुनुहुन्छ । पाखुर नचल्दा कुनै पनि गहु्रङ्गो काम गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । 

शहीद परिवारसँग भेटघाटपश्चात् यादवले अब बन्ने प्रदेश सरकारबाट शहीद परिवारको समस्या स्थायीरुपमै समाधानका लागि पहल गर्ने र रोजगारीको अवसर प्रदान गर्नेतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले महोत्तरीपछि धनुषाका शहीद घरपरिवारमा पुग्ने यादवले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य