२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

५ माघ २०७४, शुक्रबार ०९:११

माघ ५, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । 

शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । 

उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका अधिकारीहरु हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ । 

उत्तर कोरियाली एकजना संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जन भन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा रहेका छन् । 

उनीहरुले उक्त खेलकूदको समयमा पश्चिमाहरुको जस्तै संगीत देखाउने बताइएको छ । यसका लागि उनीहरुले उत्तर कोरियामा नै लामो समयदेखि तयारी गरिरहेका थिए । 

चार वर्ष पहिला उत्तर कोरियाले कुनै पनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरियाको भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो । 

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ । 

उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएका बताइएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह (हौसाउने व्यक्ति) पनि त्यहाँ जान लागेको भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो । 

त्यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न सहमति जनाएको पनि समाचार आएको छ । 

त्यसैले पनि उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा लिनुपर्नेमा विश्वका नेताहरुले नै आग्रह गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान