२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैँले आफैँलाई शासन गर्छन: सुचना आयुक्त पोखरेल

५ माघ २०७४, शुक्रबार १४:५७

चिसाङ शेर्पा/माघ ५, खोटाङ । लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैले आफैलाई शासन गर्ने सुचना आयुक्त किरण कुमार पोखरेलले बताउनुभयो ।

लोकतन्त्रमा कुन प्रणाली जनता आफ्ना लागि चाहान्छन् आफै निर्माण गर्छन । स्वतन्त्र र निश्पक्ष न्यायलय भयो भने लोकतन्त्रको  परिभाषा हुने बताउँदै आयुक्त पोखरेलले लोकतन्त्रमा चित्त नबुझे जनताले सरकार बनाउने र सुचनाको हकमा जनताले चित्त नबुझे उनीहरुलाई सुचना दिनुपर्ने बताए । 

सुचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै सुचना आयुक्त किरण कुमार पोखरेल

‘सुचनाको अधिकार लोकतन्त्रको आधार’ भन्ने उद्देश्यसहित राष्ट्रिय सुचना केन्द्रले सदरमुकाम दिक्तेलस्थित जिल्ला समन्वय समितीको हलमा गरेको जिल्लास्तरीय सुचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले “सत्ता उलटपलट, सरकार फेर्न, दण्डित गर्न र पुरस्कृत गर्न सामाथ्र्य लोकतन्त्रमा जनतालाई भएको बताउँदै सम्बन्धित निकायले गल्ती गरे या गरेनन भन्ने बुझ्नलाई सुचना चाहिने हुंदा सबैले सुचना दिनुपर्ने बताउनुभयो ।” 

जिल्लाका कार्यालय प्रमुख, राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय प्रमुखको उपस्थितीमा सम्पन्न कार्यक्रममा लोकतन्त्र र प्रजातन्त्रलाई जनभूत गराउन पारदर्शिता, सुशासन, जनताप्रती उत्तरदायित्व शासन प्रणाली र जनसहभागिता हुनुपर्ने जनाईएको थियो ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका उपसचिव अच्युत कुमार पौड्यलले ‘सुचनाको हकसम्बनधी कानुन व्यवस्था’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथी पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राइले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा जिल्लामा अवस्थित सार्वजनिक निकायका प्रमुखहरुले ७ बुंदामा प्रतिबद्धता जनाएका छन् । बुंदामा प्रत्येक कार्यालयमा सुचना अधिकारी तोक्ने, तीन÷तीन महिनामा आफ्ना कार्यालयका गतीविधिहरु सार्वजनिक गर्ने, सुचना माग गरेको अभिलेख राख्ने र प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा ३÷३ महिनाको अवधिमा पत्रकारसामू कार्यालयगत गतिविधि सार्वजनिक गर्ने प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो