2026-08-26 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैँले आफैँलाई शासन गर्छन: सुचना आयुक्त पोखरेल

चिसाङ शेर्पा/माघ ५, खोटाङ । लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैले आफैलाई शासन गर्ने सुचना आयुक्त किरण कुमार पोखरेलले बताउनुभयो ।

लोकतन्त्रमा कुन प्रणाली जनता आफ्ना लागि चाहान्छन् आफै निर्माण गर्छन । स्वतन्त्र र निश्पक्ष न्यायलय भयो भने लोकतन्त्रको  परिभाषा हुने बताउँदै आयुक्त पोखरेलले लोकतन्त्रमा चित्त नबुझे जनताले सरकार बनाउने र सुचनाको हकमा जनताले चित्त नबुझे उनीहरुलाई सुचना दिनुपर्ने बताए । 

सुचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै सुचना आयुक्त किरण कुमार पोखरेल

‘सुचनाको अधिकार लोकतन्त्रको आधार’ भन्ने उद्देश्यसहित राष्ट्रिय सुचना केन्द्रले सदरमुकाम दिक्तेलस्थित जिल्ला समन्वय समितीको हलमा गरेको जिल्लास्तरीय सुचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले “सत्ता उलटपलट, सरकार फेर्न, दण्डित गर्न र पुरस्कृत गर्न सामाथ्र्य लोकतन्त्रमा जनतालाई भएको बताउँदै सम्बन्धित निकायले गल्ती गरे या गरेनन भन्ने बुझ्नलाई सुचना चाहिने हुंदा सबैले सुचना दिनुपर्ने बताउनुभयो ।” 

जिल्लाका कार्यालय प्रमुख, राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय प्रमुखको उपस्थितीमा सम्पन्न कार्यक्रममा लोकतन्त्र र प्रजातन्त्रलाई जनभूत गराउन पारदर्शिता, सुशासन, जनताप्रती उत्तरदायित्व शासन प्रणाली र जनसहभागिता हुनुपर्ने जनाईएको थियो ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका उपसचिव अच्युत कुमार पौड्यलले ‘सुचनाको हकसम्बनधी कानुन व्यवस्था’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथी पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राइले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा जिल्लामा अवस्थित सार्वजनिक निकायका प्रमुखहरुले ७ बुंदामा प्रतिबद्धता जनाएका छन् । बुंदामा प्रत्येक कार्यालयमा सुचना अधिकारी तोक्ने, तीन÷तीन महिनामा आफ्ना कार्यालयका गतीविधिहरु सार्वजनिक गर्ने, सुचना माग गरेको अभिलेख राख्ने र प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा ३÷३ महिनाको अवधिमा पत्रकारसामू कार्यालयगत गतिविधि सार्वजनिक गर्ने प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’