2026-08-26 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

माघ ६, धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र संघर्ष समितिले गरेको आमहडताल आज पनि जारी रहेको छ । 

आज बिहान ११ बजे संघर्ष समितिले सदरमुकाममा जुलुस प्रर्दशन तयारी गरे पनि स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम राखेको जनाएपछि आन्दोलनकारी पछि सरेका छन् । प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहडताललाई निरन्तरता दिएको छ । स्थानीय प्रशासनले आज बिहान बजार क्षेत्रमा निषेधाज्ञा जारी रहेको माइकिङ गरेको थियो । 

आन्दोलन संघर्ष समितिले शुक्रबार बेलुका बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि जिल्ला सुरक्षा समिति धनकुटाले सुरक्षाका स्थिति थप कडाइ गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो । 

शुक्रबार साँझ ५ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो भएको जानकारी गराएपछि यता संघर्ष समितिको साँझ बैठकले आमहडताललाई ७ गतेसम्म निरन्तरता दिँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले सुरक्षा कडा बनाएको जनाएको छ । 

आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, वित्तीय संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्दको घोषणा गरिएको छ । 

स्थानीय प्रशासनले शुक्रबार बेलुका करिब ३०० सवारीसाधन स्कटिङ गरेर कोशी राजमार्गबाट गन्तव्यतर्फ पठाएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’