१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटे धामीदाइलाई ‘नुवाकोट घर’ को अभिनन्दन

६ माघ २०७४, शनिबार १२:०३

माघ ६, काठमाडौँ । नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । 

गोर्खालीको कुलदेवीका रुपमा मानिने भैरवीका पुजारीलाई नुवाकोट घरका तर्फबाट पर्यटन व्यवसायी विक्रम पाँडेले नगद रु २५ हजारसहित सम्मान गर्नुभएको हो । 

ऐतिहासिक धरोहर नुवाकोट दरबार र भैरव मन्दिरको पहिचानलाई प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले नुवाकोटको धरोहरको रुपमा रहेका धामीदाइलाई अभिनन्दन गरिएको व्यवसायी पाँडेले बताउनुभयो । 

परम्पराअनुसार १२ वर्षसम्म भैरव देवी स्थान मन्दिरका पुजारी धामीदाइ नुवाकोट परिसरभन्दा बाहिर निस्कन नमिल्ने कथन छ । प्रत्येक १२ वर्षमा राष्ट्र प्रमुखको हातबाट नयाँ पोशाक परिवर्तन गर्ने परम्पराअनुसार धामीदाइ काठमाडौँ आउनुभएको अवसर पारी उहाँलाई सम्मान गरिएको हो । 

धामीदाइका आफन्तसमेत रहेका पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलका अनुसार धामीदाइ परम्पराअनुसार यही प्रयोजनको लागि मात्र तादी खोला तरेर नुवाकोट बाहिर निस्कन सक्नुहुन्छ । 

प्रत्येक वर्ष आयोजना गरिने सिन्दूरे जात्रामा धामीदाइले प्रयोग गर्ने पोशाक, गहनालगायत पहिरन प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्ने प्रथा रहिआएको छ । 

अठहत्तर वर्षीय धामीदाइको पोशाक परिवर्तन यो छैटौँ पटक हो । उहाँले पहिले विसं २०१९, २०३१, २०४१, २०५२ र २०६३ मा राष्ट्रप्रमुखबाट पोशाक परिवर्तन गर्नुभएको थियो । पछिल्लो पटक तत्कालीन राजा वीरेन्द्र शाहबाट पोशाक परिवर्तन गरेको उहाँले बताउनुभयो । 

उहाँले नुवाकोटदेखि आएर नुवाकोट घरको सम्मान पाउँदा आफू ज्यादै हर्षित भएको बताउनुभयो । धामीदाइको बस्त्र गुरुजुले तन्त्रमन्त्र गरेपछि लगाइन्छ । यस वर्षको समय भने अहिलेनै यकिन भएको छैन । 

धामीदाई भने झण्डै तीन सातादेखि काठमाडौँमै हुनुहुन्छ । मल्लकालीन राजाको पालाभन्दा अघिदेखि यस्तो परम्परा रहिआएको बताइन्छ । भैरवीको हेरविचार र स्याहारसुसार राज्यबाटै हुँदैआएको छ । 

सो अवसरमा नुवाकोट घर परिसरमा निर्माण गरिएको नुवाकोटको साततले दरबारको प्रतीक धामीदाइले उद्घाटन गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार