2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

माघ ७, काठमाडौँ  ।  साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ । 

साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेपाली साहित्य’का बारेको परिचर्चा कार्यक्रममा समालोचक डा हरिप्रसाद सिलवालले साहित्य अनुत्पादक हो र फुर्सदको मनोविलास हो भन्ने यथास्थितिवादी मनोविज्ञानलाई विचारका माध्यमबाट हस्तक्षेप गर्दै वातावरण र व्यवहारसँग जोडेर साहित्य सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा बालकवि नम्रता श्रेष्ठ, देवकी केसी, सानु पहाडी, अनिता लामा, नर्मदेश्वरी सत्याल, नानीमैयाँ अधिकारी, प्रा डा खेम दाहाल, वैरागी जेठा, डा टङ्क उप्रेती, कात्यायन, चूडा निर्भीक, मुकुन्द न्यौपाने, रमेश पाल्पाली, डम्बर पहाडी, नवराज श्रेष्ठ, अभ्यस्त यात्री, तीर्थराज भट्ट, सागर थपलिया र रचना दाहालले कविता, गीत र गजल वाचन गर्नुभएको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । 

ती कवितामा पितृसत्ताको उत्पीडन तथा अन्धविश्वास र रुढिवादको विरोध, बेरोजगारीको समस्या, स्वस्थानीको कथाका माध्यमबाट छरिएको भ्रमको शालीन विरोध गरिएका भाव थिए । वाचित सिर्जनामाथि कवि धनकुमारी सुनारले कवितामा जीवनचेतना र सौन्दर्यचेतना हुनुपर्ने तथा यसले समाजका निमुखाको आवाज बोल्न सक्नुपर्ने बताउनुभयो । 

सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाले कुनै कालखण्डमा राम्रो विचार बोकेर सुन्दर सिर्जना गरे पनि व्यवहारको कसीमा प्रगतिवादी हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा ‘हरिप्रिया–हरिप्रसाद नियात्रा पुरस्कार’ का संस्थापक पोष चापागाईँ लगायतले मङ्सिर महिनाका लागि प्राज्ञ नर्मदेश्वरी सत्यालको नियात्रालाई पुरस्कार अर्पण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई