2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

माघ ९, सुर्खेत । पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चुकैलाश पाण्डे र गङ्गाप्रसाद पाण्डेकी माता देवकुमारी पाण्डेले श्रीमान् जयनारायण पाण्डेको नाममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा वाकदान गरेको यज्ञस्थलमा २ लाख ५ हजार र बाँकी रहेको ४ लाख ९५ हजार गरि ७ लाख श्रीपञ्चमीको अवसरमा सोमबार विश्वविद्यालय प्रशासनलाई बुझाएकी हुन् ।

सोमबार पाण्डेले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगी रजिस्ट्रार डा. महेन्द्र कुमार मल्ललाई चेक हस्तान्तरण गरेकी छिन् । उक्त रकम हस्तान्तरण गर्दै दाता पाण्डेले रकमको सदुपयोग हुने विश्वास व्यक्त गरिन् । रजिस्ट्रार मल्लले चेक ग्रहण गर्दै उक्त रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगानी गरिने बताए ।

विश्वविद्यालय स्थापनाका लागि मौदगल्य समाज नेपालको आयोजनामा २०६५ फागुन २५ देखि चैत्र २ सम्म सञ्चालित महायज्ञमा वाकदान गरेको मध्ये केही रकम उठ्न बाँकी छ ।

यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालयबीच उपकुलपतिस्तरमा द्विपक्षीय समझदारी भएको छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शारदा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. बृषवन सिंह पवारले हस्ताक्षर गरेको समझदारी पत्रमा विश्वविद्यालयहरुबीच विद्यार्थी, शिक्षक र बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने समझदारी भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने