१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

९ माघ २०७४, मंगलवार ११:४८

माघ ९, काठमाडौँ | संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । 

देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिनुभयो । उहाँले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको हो भन्नुभयो । 

संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा सघाउ पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर÷उपमहानगर÷नगर÷गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ÷नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून’, ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन् । 

“हामीले नमूना कानून बनाएर दिएको र स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेका छन्”, उहाँले भन्नुभयो, “उनीहरुले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक छैन ।” 

उपसचिव रिजालले आवश्यकताअनुसार अन्य कानून पनि कानून मन्त्रालयको सहयोगमा मस्यौदा बनाइरहेको जानकारी गराउनुभयो । 

मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले प्रदेश सरकार बनेपछि अन्य कानून पनि बनाइने बताउनुभयो । केही काम प्रदेश सरकारसँग स्थानीय तहले गर्नुपर्ने भएकाले प्रदेश सरकार बनेपछि थप कानून बनाउन आवश्यक हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार