2026-07-05 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ बाट राष्ट्रियसभामा एमालेका ६ उम्मेदवार चयन (सूचीसहित)

प्रज्वल पौडेल । माघ ९, काठमाण्डौ ।

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागी सात वटै प्रदेशका उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार र मंगलबारको बैठकले सातै प्रदेशका उम्मेदवारहरु चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दोस्रो दिन बसेको स्थायी कमिटिको बैठकले प्रदेश नं ३ बाट ६ जना उम्मेद्वारको नाम टुङ्गाे लगाएको छ । 

१. पार्वती रावल (महिला), चितवन

२. उदया शर्मा (महिला), काठमाण्डौ

३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक

४. वलराम बाँस्कोटा (खुला), काठमाण्डौ

५. बेदुराम भुसाल (खुला) , काठमाण्डौ

६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए ।

प्रदेश नं ३ मा एमालेले ६ जना र माओवादी केन्द्रले २ जना उम्मेद्वार उठाउने सहमति गरेका थिए । जस अन्तरगत माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा  "वादल"लाइ (खुला) र गंगा पराजुलीलाइ (महिला) कोटामा उम्मेद्वार बनाएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट रहने व्यवस्था छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै