२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी लोकमार्ग अब निजी क्षेत्रलाइ दिन्नौं: सांसद अधिकारी (भिडियो)

२०७४, १० माघ बुधबार ०७:२२

माघ १०, पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् ।

लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हुन नसकेको भन्दै अब कानूनसंबत भए अब नेपाली सेनालाई सो जिम्मेवारी सुम्पिने योजनाहरु आफूहरु तीनै जना संसादले बनाएको बताए । उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नीजि क्षेत्रलाई जिल्लाको विकास सुम्पिदानै कालीगण्डकी लोकमार्ग अन्योलमा परेको भन्दै अब त्यसको विकल्प सोच्ने बारेमा आफूहरु लागेको बताए ।


नीजि क्षेत्रका साथीहरु नरिसानुहोला, यस्तो पाराले जिल्लाको विकास हुदैन, कानून बमोजिम कुनै अप्ठेरा आएनन भने हामी अब नेपाली सेनालाई जिम्मेवारी सुम्पिन्छौं सांसद अधिकारीले भने ।

एक अर्बको लगानीमा कालीगण्डकी करिडोर दुइ घुम्तीमा नेपाली सेनाले रिडीसम्म ४ घण्टामा पुग्न सक्ने त्यत्रो लामो बाटो बनाउन सफल भयो तर त्यतिनै लगानीले हाम्रो जिल्लामा हाम्रो कालीगण्डकी लोकमार्ग अन्योलमा परेको छ त्यसैले अब यसको विकल्प खोज्नेमा हामी सांसदहरुले सोचेका छौ । उनले भने । निर्माण व्यवसायीहरुको काम सन्तोषजनक नभएका कारण आफूहरुले विकल्प सोच्न लागेको उनले बताए ।

जिल्लामा नीजि क्षेत्रको लगानीमा यान्त्रिकपुलदेखि बञ्जि जम निर्माण भएकोमा आफूहरु खुसि भएको सांसद अधिकारीले बताए । तर अझै पनि

जिल्लामा उर्जा नदि मोदीखोलामा विद्युत उत्पादनको लागि शेयर लगानीमा जिल्लाको सक्रियता कम भएकोमा चित्त दुखाए । उनले कालीगण्डकी नदि शालीग्राम नदी र धार्मिक नदि भएका कारण यसको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

सांसद अधिकारीको कुरामा प्रतिनिधिसभाका सांसद पदम गिरीले एक्केबद्धता जनाएका छन् । उनले पनि अब जिल्लाको विकास यहि पाराले नहुने भन्दै यसको विकल्प सोच्नुपर्ने बेला आएको बताएका छन् । यहि अबस्थामा अगाडि बढ्ने हो भने जिल्लाको विकास पाँच बर्षमा हुन नसक्ने भन्दै नीजि क्षेत्रतर्फ जिल्लाका सांसद आक्रोशित बनेका छन् ।

जिल्लालाई पाँच बर्षमा नमूना बनाउने, विकासका पूर्वधार गाउँगाउँमा पु¥याउने आफूहरुले सपथ खाएकका कारण कि नीजि क्षेत्रहरुले आफ्नो काम जिम्मेवारीपूर्ण गर्नुपर्ने होइन भने त्यसको विकल्प खोज्नुपर्नेमा आफूहरुले सोच बनाएको गिरीको धारणा थियो ।

गिरीले पाँच बर्षभित्र जिल्लाका मुख्य सडक संजाल कालोपत्रे गरेर छाड्ने प्रतिबद्धता समेत दोहो¥याएका छन् । उनले कुनै पनि हालमा जिल्लाको विकासको बारेमा पाँच बर्षभित्र आवश्यक पूर्वधारहरुलाई तयार गरी सोही अनुसार काम गरेर देखाउने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा