2026-09-19 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरल नमुना सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

माघ १० पोखरा ।

पोखराको चिप्लेढुंगाामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सस्थाले  बुधबार एक कार्यक्रमको आयोजना गरि आङ्खनो १०औ स्थापना दिबस पारेर पोलेमनपा १९ काउरेमा रहेको शिवेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ शैक्षिक  तथा  खेलकुद सामाग्री बितरण गरको हो । 

खेलकुद सामाग्री बितरण गर्दै पोलेमनपा १९ का जनप्रतिनिधि कोमल बास्तोलाले सहकारी नाफा मुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिए । विद्यार्थीहरु भबिष्यका कर्णदार भएको  बताउदै उनले बाल बच्चालाइ सरकारी बिद्यालय बाट नै गुणस्तरिय शिक्षा दिनुपर्ने  बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले पछिल्लो समयमा  सरकारी  बिद्यालयमा बिद्यार्थीहरु घट्दै गइरहेकोमा चिन्ता ब्यक्त गरे ।

 बिद्यालयका प्रध्यानाध्यापक उमेश राज पौडेलले सहकारीले गरेको सहयोगको कदर गर्दै सामाजिक काम र स्वरोजगार बनाउन सहकारीले उल्लेख्य भुमिका खेलेको बताए । सहकारीका अध्यक्ष दिपक बास्तोलाले सहकारीले हरेक बर्ष आङ्खनो बार्षिकोत्सवको अबसर पारेर विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको बताउदै आगामाी दिनमा समेत सहकारीले  सामाजिक काम गर्ने  प्रतिबद्धता जनाए  । सस्थाका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी सस्थाका संचालक समिती सदस्य किरण अधिकारीले  कार्यक्रम माथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल प्रसाद बास्तोलाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ