2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचन: नौ दलका ८३ उम्मेदवार, को-को भए १७ जना निर्विरोध ?

माघ ११, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ। 

उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

१७ जना निर्विरोध

उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन्। १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई