१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचन: नौ दलका ८३ उम्मेदवार, को-को भए १७ जना निर्विरोध ?

११ माघ २०७४, बिहीबार ०१:५६

माघ ११, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ। 

उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्र्खेत र प्रदेश ७ को डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ।

सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

१७ जना निर्विरोध

उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन्। १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार