२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बागलुङमा मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि हुने

२०७४, ११ माघ बिहीबार ०६:४६

माघ ११, बागलुङ | यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । 

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा सहभागिताको लागि ४ नं प्रदेशका २६ वटै नगरपालिकालाई पत्राचार गरिएको छ । प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अपेक्षा लिइएको छ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र