४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन सेयर बजारमा सुधार, नेप्से परिसूचक ९.८० अंकले वृद्धि

११ माघ २०७४, बिहीबार १२:४९

माघ ११, काठमाडौँ । साताको अन्तिम दिन पनि सेयर बजार नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ अंकमा पुगेको छ । विहिबार अधिकांश उपसूचक बढेका  छन् । सबैभन्दा  धेरै बीमा समूह ८९.०२ अंकले बढेको छ । 

बैंकिङ८.६१ , व्यापार ८.२८, होटल २७.३५, जलविद्युत् ६.४१, फाइनान्स १.६१, उत्पादनमूलक ३०.४५  र लघुवित्त समूह २२.४३   अंकले बढेका छन् । विकास बैंक र अन्य समूह भने क्रमशः ३.०६ र १.४५ अंकले घटेका छन् ।


बुधबार २६ करोडको कारोबार भएको बजारमा विहीबार २८ करोडको कारोबार भएको छ । दिनभरिमा १५९ वटा कम्पनीको छ लाख ६२ हजार एक सय ६९ कित्ता सेयर तीन हजार छ सय ७० पटक खरिदविक्री हुँदा २८ करोड २२ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, सानिमा माई हाइड्रो, नेपाल बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, एभरेष्ट बैंक सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ९२ लाख, ८४ लाख, ७८ लाख, ७६ लाख, ७२ लाख ६६ लाख र ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले ५.१९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, नेको इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक, समिट माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुहेश्वरी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२० प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, दिव्यश्वरी हाइड्रो, ज्योति विकास बैंक, नेपाल हाइड्रो, जलविद्युत् लगानी तथा विकास कोष, छ्याङ्दी हाइड्रो, सिभिल बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’