टेकबहादुर शाही/माघ ११, डोल्पा । जनप्रतिनिधिहरु खोज्दै डोल्पाका नागरिक जनप्रतिनिधिको घरघरमा धाउदै छन ।
वडा सचिव र वडाका अध्यक्षहरु नहुँदा जनताहरु जनप्रतिनिधिको घरघरमा पुगेका हुन । डोल्पा जिल्लाका अधिकाश वडाका सचिव र वडा अध्यक्षहरु नहुदा जनतालाइ पञ्जीकरण लगायत अन्य सबै सेवा लिन कठिन परेको छ । कुल ६५ वटा वडा रहेको डोल्पा जिल्लामा ६ जना मात्र वडा सचिवहरु वडामा कार्यरत रहेका छन ।
जिल्लाका सबै स्थानीय तहमा गरि जम्मा १८ जना सचिवहरु रहेका छन । वडा सवचिवहरु छैनन तर दैनिक २० देखि ४० जना सम्मको काम सबै काम आफुले गरीदिने गरेको ठुलीभेरि नगरपालिकाकी सामाजिक सहजकर्ता दिलु केसिले बताइन ।
उनका अनुसार ११ वटा वडा रहेको ठुलीभेरि नगरपालिकामा जम्मा एक जना वडा सचिव रहेको र ति एक जना सचिव पनि निमित्त कार्यकारि भएको कारण नगरपालिकामा बस्ने भएकोले वडा सचिवको काम आफुले गर्न बाध्यता रहेको बताइन ।
शे–फोक्सुण्डो गाउपालिकाका जनताहरु नागरिक्ता र नावालक परिचय पत्र बनाउन ७ दिन लगाएर सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुण्डो गाउपालिका २ कि कुञ्जाङ गूरुङले बताईन ।
वडा सचिव र वडा अध्यक्षहरु नभए पछि सिफारिसको लागि जिल्ला समन्वय समितिका उपसंयोजकको घरमा गएर दिनभर बसेर सिफारिस ल्याएर आएको अर्का स्थानिय छिरिङ फुञ्जो गूरुङले खुदेसो पोखे ।
कहिले निमित्त वडा सचिवकहां त कहिले वडाको सिफासिको लागि वडा अध्यक्षको घरमा पुग्नु पर्ने बाध्यता रहेकोले हप्तौ देखि जनप्रतिनिधिको घरघरमा धाउदै दिन बितेको छिरिङ फुञ्जोले बताए । जिल्लामा काम गर्ने सचिवहरु मध्य ६ जना वडा सचिवहरु स्थानिय तहका निमित्त कार्यकारि अधिकृतको जिम्मेवारी सहित वडाको पनि काम गरि रहेका छन ।
डोल्पामा २ नगरपालिका र ६ गाउपालिकामा गरि जम्मा १८ जना मात्र वडा सचिवहरु रहेका छन । ६५ वडामा १८ वटा वडा सचिवले जनताको काम गरि रहेका छन तर ति वडा सिचवहरु पनि स्थानीय तहमा छैनन ।
अब कर्मचारि समायोजन पछि सहज हुने जिल्ला प्रशासन कार्यालय जानकारि दिएको छ । पञ्जिकरणका सबै काम वडा सचिव र वडा अध्यक्षबाट स्थानीय तहमा नै हुने भनिए पनि जनता वडा सचिव र वडा अध्यक्ष नहुदा सदरमुकाम दुनैमा नै आउनु पर्ने बाध्यता रहेको छ ।
नागरिक्ता बनाउन जिल्ला प्रशासनमा गयो कागजात पुग्दैन दैनिक खाली हात होटेलमा फर्कनु पर्छ भन्दै माथिल्लो डोल्पाका स्थानीयहरु निराशा ब्यक्त गर्छन ।
स्थानीय तहमा वडा कार्यालयहरु नभएकोले वडा सचिव अध्यक्ष सिफासि लिन हप्ता दिन लगाएर माथिल्लो डोल्पाबाट दुनै आउनु पर्ने बाध्यता जिउका तिउ नै रहेको छ । कतै वडा अध्यक्षहरु छन तर सिफारिसमा दस्तखत गराउन अध्यक्षको घरमा दिन भर हिडेर पुग्नु पर्ने बाध्यता डोल्पाका जनताको रहेको छार्काकी कुङकापुटी लामा बताइन ।
हिउदको समयमा वडा सचिव र अध्यक्षहरु सबै तराइ तिर गए पछि जनताको सबै काम अलपत्र परेको नागरिक समाज डोल्पाको दावी छ । जनताको सेवा पहिलेको तुलनामा झनै जनप्रतिनिधि आए पछि ओझलमा परेको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले बताए ।
जिल्लाका ४७ वटा वडा कार्यालय अझै पनि वडा सचिव बिहिन रहेका छन । वडा सचिव पाएका वडामा पनि वडा सचिवहरु नभए पछि जनताको दैनिक सेवा प्रभाबित भएको स्थानीय सुमन थापाले जानकारि दिए ।
उनका अनुसार जनताले वडा कार्यालयमा गएर आफै सिफारिस लेखेर वडा अध्यक्षको घरमा गएर दस्तखत गराउनु परेको बताए ।