१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद ढुङ्गेलको दाबी

११ माघ २०७४, बिहीबार १६:१७

प्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्‍‍त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्‍‍त्रीको दावी उनले गरेका हुन् ।  पुष्पलाल,गंगालाल र कृष्णलाल प्रतिको सम्मान, मूल्यांकन सद्भाव हुने बताउदै ढुङ्गेलले बिहिबार सामाजिक संजाल फेशबुक स्टाटसमार्फत  मुख्यमन्‍‍त्रीमा उम्मेद्बारी दिने घोषणा गरे।


प्रतिनिधी सभा, प्रदेशसभा दुबैमा समानुपातिक कोटा र राष्ट्रिय सभामा समेत रामेछाप बञ्चित भएकोले पिडालाइ आफ्नो उम्मेद्बारीले थोरै भए पनि मह्लम लगाएको महसुस रामेछापेलीले गर्ने भएकाले पनि आफूले उम्मेद्वारी दिने बताएका छन् ।


धेरै पटक कम्युनिष्ट सरकारको सरकार बनेपनि सत्तामा कम्युनिष्ट पार्टीका संस्थापक नेता जन्मिएको जिल्लामा राज्यको नजर पर्न नसकेको भन्दै उनले यसपटक रामेछापले पाउनुपर्ने तर्क गरेका छन् । ढुङ्गेल वामगठबन्धनबाट रामेछाप निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । राजधानीको नजिक भएपनि राज्यको अाँखामा रामेछाप टाढा रहेकाले संघीय प्रदेशको सरकारमा रामेछाप अटाउनुपर्ने रामेछापबासीको माग रहेको छ । ढुंगेल ०५४ सालको स्थानीय निकायको निर्वाचन पछि जिल्ला विकास समिति, रामेछापको सभापति भएर काम गरिसकेका व्यक्ति हन् ।   

यसैगरि बुद्दिजीवी परिषद् रामेछापका अध्यक्ष शंकर ढुङ्गेलले पनि उनलाइ मुख्यमन्त्री दिनुपर्ने धारणा राखेका छन् । सामाजिक संजाल फेशबुकमा उनले लेखेका छन् – "रामेछापको पालो हो । मुख्य मन्त्री रामेछापले पाउनु पर्दछ । क कैलाशको इतिहास छ । प्रदेशको बिकास गर्ने सपना छ । हिजो द्वन्द्वको रापमा खारिएको विचार छ । एकता गर्ने परम्परा छ । कैलाश सधै जनताको मनमा छ । तिनलालको सान छ । कसैप्रती नझुक्ने शिर सधै उच्च, जति दुख परेपनी हार नमान्ने गुण छ ।"

प्रदेश सांसदहरुले प्रदेश सपथ ग्रहण लिएसँगै जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको मुख्यमन्त्री, मन्त्री को बन्ला भन्ने चर्चासँगै दौडधुप सुरु भएको छ ।



 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह