३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गर्न सक्दैन: श्रेष्ठ

१२ माघ २०७४, शुक्रबार ०३:२६

राम नारायण पंडित/माघ १२, सिरहा । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ । 

सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन गर्दै नेता श्रेष्ठले तीनै तहको निर्वाचनपछि अव लोकतान्त्रको अभ्यास तल्लो तहसम्म पुगिसकेकोले अव यसलाई दुनियाँको कुनै शक्तिले दवाएर निरंकुशता लाद्न नसक्ने जिकिर गरे ।


नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासगर्ने सवैभन्दा तल्लो निकाय स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँका जनताले लोकतन्त्रको अभ्यास गर्न पाएकाले यसलाई कसैले खोस्न नसक्ने बताए । 

उद्घाटन मन्तव्यकै क्रममा उनले तत्कलको लागि राजनीतिक आन्दोलनको एउटा अध्याय पुरा भएको भन्दै अव विकास र समृद्धिको मुद्दालाई अगाडी बढाउनु पर्ने बताए । यसको लागि संघियता कार्यान्वनले ढोका खोलेको उनले जनाए । उनले भने, ‘स्थानीय तहले निति निर्माण देखि कतिपय कानुनि अधिकारसमेत प्राप्त गरेकोछ, यसको उचित अभ्यासले मुलुक चाँडो समृद्धिको दिशातर्फ बढ्ने निश्चित छ ।’

सोही क्रममा नेता श्रेष्ठले देश विकासको सम्भावनासँगै यसको गतल प्रयोग भयोभने संघियता नै धरापमा पर्ने सम्भावनापनि उत्तिकै रहेको तर्फ सजग गराए । उनले भने,‘स्थानीय तहमा निहित अधिकार र शक्तिको दुरुपयोग भएको खण्डमा संघियता नै धरामपमा पर्ने निश्चित छ, त्यसैले विकासको लागि शुशासन मुख्य आधार हुनुपर्छ ।’

मन्तव्यकै क्रममा नेता श्रेष्ठले फागुन महिनामा बाम गठवन्धनको सरकार बन्ने समेत जनाए । फागनु भित्रमा बाम सरकार बन्छ, त्यसले पाँच वर्षसम्म ढुक्कका साथ सरकार पनि चलाउँछ, भन्दै उनले भने, ‘बाम सरकार गठन पछि भ्रष्टचार नियन्त्रण गरेर देश विकासलाई जोड दिन्छौं ।’ 

अवको पाँच वर्षमा देशलाई शुशासन र विकासको दिशा दिने र अर्को पाँच वर्षमा देशलाई विकसित देशहरुको हाराहारीमा पुर्याउने समेत बताए । उनले बाम सरकारको मुख्य एजेण्डा नै राष्ट्रियताको जगेर्ना गर्दै देश विकासमा जोड दिने योजना रहेको जनाए । 

नगरसभा उद्घाटन कार्यक्रममा नेकपा माओवादीका नेता तथा पूर्व मन्त्री विश्वनाथ साह, प्रदेश सासंदहरु रामकुमार यादव, जगत यादव लगाएतले गोलबजार नगारपालीकाको नगरसभाले राम्रा कामहरुको योजना बनाउने र नगर विकासका महत्वपूर्ण कामहरु गर्नुपर्नेमा जोड दिए । 

कृषि, शिक्षा र स्वास्थ्यमा लगानी गर्न विशेष जोड दिदै उनीहरुले त्यसको लाग आफ्नोपनि साथ सहयोग रहने रहने जनाए । नगरसभाको उद्घाटन कार्याक्रम नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली