२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेसियाबाट फर्किएका थापाले भने- ‘जनताले माया र आस्था राखेर जिताए’

१२ माघ २०७४, शुक्रबार ०३:२९

चिसाङ शेर्पा/माघ १२, खोटाङ । बारा जिल्ला निजगढ नगरपालिका ११ रतनपुरका नर बहादुर थापा उमेरले ३५ वर्ष पुगे । 

दुई पटक बैदेशिक रोजगारीमा मलेशिया पुगेर स्वदेश फर्किएका थापा नगरपालिकाको ११ नं. वडा रतनपुरका निर्वाचित वडा सदस्य हुन् ।

साविक गाविस रतनपुरमा नेकपा एमालेबाट वडा सदस्यका लागि टिकट पाएका थापाले स्थानिय निर्वाचनमा जित हाँसिल गरेसँगै जनप्रतिनिधि बनेका हुन् । मलेशियाको सेलेङगारस्थित बातुकेभमा रहेको ‘क्यान जो क्यान फ्याक्ट्री’ बाट आफ्नो तीनबर्षे कार्यकाल सकेर २०७३ साल असार पहिलो हप्ता स्वदेश फर्केका उनलाई पार्टीले संगठन बिस्तार र बिश्वासमा टिकट दिएको थियो ।


गएको असोज–२ गते भएको स्थानिय निर्वाचनबाट वडा सदस्य पद जितेका थापाको जन्म बारा जिल्लाको रतनपुरमा बुवा रुद्र बहादुर थापा आमा मनमाया थापाको कोखबाट २०३९ माघ २४ गते भएको थियो । घरको कान्छो छोरा थापाले त्रिभुवन माबि बिरगंञ्जबाट २०५७ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । २०६१ सालमा विवाह गरेका हुन् । 

विवाह बन्धनमा बाँधिएको केही समयपछि रतनपुरका वर्तमान वडासदस्य २०६२ सालमा रोजगारीका लागि मलेशिया गएका थिए । भनेजस्तो कमाई भएन जसोतसो ५ वर्ष बिताएर २०६७ सालमा नेपाल फकिए उनले भने, फेरी गाउँमै खेती किसानी सानातिना ठेक्कापट्टा गरेर तीनवर्ष बिताए । 

भाषा, धर्म, संस्कृती र वातावरण बुझेकाले पुन ः २०७० सालमा मलेशिया पुगेका उनले  त्यहाँ ‘क्यान जो क्यान फ्याक्ट्रीमा टिनपाताका विभिन्न सामग्री बन्ने काम गरे । मनग्गे कमाए । परिवारका लागि पोल्याण्ड जाने सुर बनाएर त्यहाँबाट नेपाल आए । घरमा आएपछि परिवारसँग भेटघाटसँगै एक हिसाबले उनी फेरी विदेश जाने चक्करमा रुमलिदै थिए । यता देशमा स्थानिय चुनावको रौनक बढ्दै थियो । काठमाण्डौमा पुगेर पोल्याण्डका लागि उनले एप्लाई पनि गरे । बिडम्बना उनको भिषा आएन ।

भिषा नआउनु अनि स्थानिय चुनाव संघारमा हुनु, उनी चुनाव लड्नु त्यसपछि चुनाव जित्नुले थापाको सबै बैदेशिक यात्रा बन्द भयो । उनकोे जिबनले कायापलट लियो । आठ वर्ष पराई मुलुकमा पसिना बगाएका उनले अबको ५ वर्ष आफ्नो जन्मभुमि र आफ्नो गाउँठाउँ बनाउने अवसर पाए ।

‘टिकट पाएर गाउँगाउँमा भोट माग्दै हिड्दा नै जित्छु लागेको थियो । चुनावको नतिजापछी सफल भए उनले भने, जनताले माया र आस्था राखेर जिताए अब गरेर देखाउनु छ ।’ स्थानिय चुनावपछी आफ्नो टिमले वडाभित्र तीन लाखको काम गरेको बताए । नेपाल राष्ट्रिय माविलाई ५० हजारको खानेपानीको पाईप र वडाभित्र २ लाख ५० हजारको नाली निर्माण गरेका छन् । 

लामो समय पराईको मुलुकमा रगत पसिना बगाएका ति दिनहरु संम्झदा दुख लाग्छ । अब आफ्नै ठाउँ बनाउने अबसर र चुनौती पाएको छु । थापाले भने, “यसलाई मरी मेटेर आफ्नो भुमिका निर्वाह गर्नेछु । पराईको मुलुकको दुईगुणा आफ्नो ठाउँ बनाउन अगाडी बढ्छु ।”  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली