2026-08-29 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सरकारको निर्णय देश कंगाल बनाउने भएको नेता रावलको आरोप

माघ १२,अछाम |  नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ । 

नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताउनुभयो । 

कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य नहुने चेतावनी दिंदै उपाध्यक्ष रावलले सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय देश कङ्गाल बनाउने कदम भएको टिप्पणी गर्नुभयो । 

“काम चलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यस्ता निर्णय गर्ने अधिकार छैन।” उहाँले भन्नुभयो, “सरकारमा रहिरहन जालझेल र अनेकौ तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कङ्गाल बनाउने गरी आर्थिक संकटमा फसाउने र सञ्चित रकम सिध्याउने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।” 

प्रधानमन्त्री देउवाले प्रदेशको राजधानी तोक्ने सवालमा, नागरिकमा भ्रम सिर्जना गरेको आरोप लागाउँदै उपाध्यक्ष रावलले सरकारले गठन गरेको विज्ञ टोलीबाट तयार पारिएको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्नु उचित थिएन भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो