४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुबईमा पनि नेपाल एयरलाइन्सको कार्यालय, ४० केजि लगेज बोक्न पाइने

१३ माघ २०७४, शनिबार ११:१९

माघ १३, युएई । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ  कार्यालय उद्घाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष अतिथिका रूपमा उपस्थित थिए । उनले एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली दुताबास परिवार, सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारिज्युहरु, ब्यबसायीहरु, पत्रकारका साथै उल्लेख्य मात्रामा नेपालीहरुको उपस्थिती थियो ।


नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुचारू गरेको हो । आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका युएई प्रमुख  रमेश पौडेलले जानकारी दिएका छन् ।

उनले नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० मा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा  गुणस्तरीय सेवा दिएको दाबी समेत गरे । उनका अनुसार हरेक टिकटमा ४० केजि लगेजका साथमा ७ केजि छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफिको ब्यबस्था समेत भएको जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सको बोर्डिङ पास वाहकलाई चन्द्रागिरी हिल्स प्राली र काठमाडौं ग्रुप अफ होटेलले आफ्नो सेवामा ३० प्रतिशत छुट दिने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’