2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरोज, आश्मा र प्रियंका ट्रेन्डिङको पहिलो नंबरमा (भिडियोसहित)

माघ १४, काठमाडौँ । पछिल्लो समय गीतहरुको मापन युट्युब टेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ । 

कसको गीत कति चल्यो भनेर जान्नको लागि युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ । हुन त कतिपय राम्रा गीतहरु पनि युट्युबमा नरुचाईएका हुन्छन् । तर आज हामी युट्युबमा रुचाईएको एउटा गीतको बारेमा बताउन गईरहेका छौँ ।

पछिल्लो समयकी ब्यस्त नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको एक गीत अहिले युट्युबको ट्रेन्डिङमा परेको छ । ‘माछीले खाने खोलीको लेउ’बोलको गीत नेपालको ट्रेन्डिङको नंबर १ मा परेको हो । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा सरोज ओली र मेलिना राईले स्वर भरेका छन् । गीत उदयराज पौडेलको एरेन्जमा तयार भएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ लाख ४४ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । २४ हजार लाईक र १ हजार डिसलाईक रहेको गीतको भिडियोमा १८ सय ७५ ओटा सकारात्मक कमेन्टहरु रहेका छन् । 

शुभ मिडिया होमको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई सुदीप बरालले खिचेका हुन् । ललितपुरको पाटन दरवार स्वायर र गोकर्ण रिसोर्टमा छायांकन गरिएको गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई