माघ १४,काठमाण्डौ ।
रामेछाप सुनापति गाउँपालिका–३
हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक
एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर
लामालाई सम्मान गरेको हो ।
राष्ट्रिय नाचघर जमल
आयोजित बृहत सांगीतिक एवं सम्मान
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उनीहरुलाई
सम्मान गरेका हुन् ।
रोज थिङलाई ‘वैदेशिक रोजगार सेवा सम्मान’ र
तस्बीर मोक्तानलाई ‘राष्ट्रिय सेवा सम्मान’बाट
सम्मान गरिएको छ । थिङ जुगल इन्टरनेशनलका अध्यक्ष हुने भने लामा अल्फा कोरियन
स्कुलका प्रोपाइटर हुन् ।
कार्यक्रममा नवनिर्वाचित विभिन्न पार्टीका
सांसदहरुलाइ समेत सम्मान गरिएको छ ।
कार्यक्रमका थप तस्विरहरु ।
तस्वीर सौजन्य : बिकाश देब लामा