१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही दिन तापक्रम स्थिर रहने: मौसमविद्

१४ माघ २०७४, आईतवार ०८:५०

माघ १४, काठमाडौँ | काठमाडौँ उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । 

न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटे पनि अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

उहाँका अनुसार अबको तीन दिनसम्म पानी पर्ने बादल देखिँदैन भने न्यूनतम तापक्रम ३ डिग्रीको हाराहारीमा रहनेछ । आज पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो बढे पनि आजदेखि भने केही न्यानो महसुस गरिएको छ । 

यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । यही माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण देशका अधिकांश भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात भएको थियो । 

बदलीसँगै वर्षात्का कारण काठमाडौँको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौँसहित देशभर चिसो बढेको थियो । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री पुगेको थियो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा कम जुम्लामा ऋणात्मक ५ र सबैभन्दा बढी दिपायलमा २३ डिग्री सेल्सियस तापक्रम छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार