2026-11-04 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रामेछाप सिभिल च्याम्पियनसीप- २०७४’ मा करिब २४ लाख खर्च हुने अनुमान

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ । 

“रामेछाप सिभिल च्याम्पियनसीप- २०७४” (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुषोत्तम कडरियाले खेलमा अनुमानित करिब २३ लाख ६४ हजार बजेट खर्च हुने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार र सान्वना हुने टिमलाई ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । कडेरियाले भन्नुभयो-” खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्थानीय निकायका सरकार, उद्योग व्यवसायी तथा खेलप्रेमीहरुबाट आर्थिक सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।”

लिगकम नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा बिभागीय टोलीमा (राखेप च्याम्पियनसीप- २०७४ सहभागी टिम सेट भित्र) रहेका तीन जनालाइ खेलाउन पाइने प्रतियोगिता संयोजक एवम् जिल्ला खेलकुद बिकास समितिका सदस्य सिताराम कार्कीले जानकारी दिनुभयो । खेलाडिलाइ दैनिक भत्ताका साथै जिल्ला बाहिरका टीमका खेलाडिलाइ यातायात खर्च आयोजकले व्यहोर्ने उहाँले बताउनुभयो । राष्ट्रिय खेलमा स्थानिय सिभिल खेलाडीलाइ पनि खेल क्षेत्रमा लाग्न हौसला मिल्ने बताउदै संयोजक कार्कीले रामेछापलाइ खेलकुद पर्यटनको विकास गराउनका लागि समेत जिल्लामा यस किसिमको प्रतियोगिता गराउन लागिएको धारणा राख्नुभयो ।

सदरमुकाम मन्थलीमा आगामी शनिबार सम्म चल्ने प्रतियोगितामा बिभिन्न क्षेत्रका १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार पुर्बाञ्चल, मध्यमाञ्चल,पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट समेत टोली सहभागी हुने जनाएको छ । त्यसैगरी नमूनादीप युवा क्लब सैपू, प्याराडाइज युवा क्लब खिम्ती, हिमगंगा रामेछाप, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज मन्थली, शान्तीदीप युवा क्लब मन्थली सहभागी हुने बताइएको छ । पत्रकार सम्भेलनमा नेकपा एमाले केन्द्रिय सदस्य देवशंकर पौडेल, सासंद शान्तिप्रसाद पौडेल, रीता माझी, नेपाली काङ्ग्रेस सभापति लबश्री न्यौपाने, पत्रकार लगाएत खेल क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो

तस्विर/प्रज्वल पौडेल र सुनौलाे रामेछापका श्रीहरी श्रेष्ठबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट