2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन

माघ १५, काठमाडौं । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्।

उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएको हो।कात्तिक २४ गते काठमाडौंमा सम्पन्न  नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो। तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन।

‘दुई देशका अधिकारीबीच दोस्रो चरणको बैठक डिसेम्बरमा बेइजिङमा गर्ने मौखिक सहमति भएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने, ‘आजसम्म बस्न सकेको छैन।’ उनका अनुसार पहिलो बैठक नेपालले आयोजना गरेकाले दोस्रो चरणको बैठक चीनले गर्ने सहमति भएको थियो।

चिनियाँ टोली फर्किएको साढे दुई महिना बितेको छ। केही समयअघि परराष्ट्र मन्त्रालयले बेल्ट एन्ड रोड इनिसेटिभका लागि योजना माग गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न परराष्ट्रमा योजना सिफारिस गरेको प्रवक्ता शर्माले जानकारी दिए।

चीनको महत्वपूर्ण परियोजनामा केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न भनिए पनि परराष्ट्रबाट त्यो हुन सकेको छैन।

चीनले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली इन्जिनियरलाई तालिम दिने प्रतिबद्धतासमेत जनाएको थियो। सरकारले चीनले प्रस्ताव गरेको तालिमको अवसर पनि उपभोग गर्न सकेको छैन।

नेपाल भ्रमणमा आएको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेल मार्ग स्थलगत अध्ययन गरेका थिए। चिनियाँ टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै फर्किएको थियो। 

नेपाल सरकारकै कमजोरीका कारण काम अगाडि बढ्न नसकेको मन्त्रालय र रेल विभागका अधिकारीको बुझाइ छ।उक्त परियोजना अगाडि बढाउने जिम्मा नेपाल सरकारको रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनयर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए। ‘चिनियाँ टोली ग्रिन सिग्नल दिएर फर्किएको छ,’ उपाध्यायले भने, ‘अब नेपाल सरकारको जिम्मेवारीमा यो सबै निर्भर गर्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनतर्फको रेलमार्गबारे केही कुरा अगाडि बढेको थियो। यसबारे  त्यसपछिका सरकारले कुनै चासो देखाएका छैनन्। चीनले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणताका उक्त रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। 

महरा चिनियाँ अधिकारीलाई नेपालमा रेलमार्ग अध्ययन गर्न अनुरोधसहित फर्केका थिए।ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले रेलमार्ग बनाउने विषयमा फाइल अगाडि बढाएनन्।

कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली स्थलगत अध्ययनमा आएको थियो। टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर र प्राविधिक पनि थिए। संसारकै अप्ठ्यारो स्थानमा रेल गुडाउन सफल समूहले केरुङ–काठमाडौं रेलमार्ग पनि बनाउन सक्ने विश्वास दुवै पक्षको छ।

झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त रेलमार्गमा अधिकांश पुल र सुरुङ हुने प्रारम्भिक अध्ययन छ। प्रतिघन्टा १२० किलोमिटर दौडने काठमाडौं–केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ।चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई