२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चुडामणि शर्माविरुद्ध फेरी अर्को मुद्दा, ४ करोड भन्दा बढी अकुत देखियो

२०७४, १५ माघ सोमबार १०:५२

माघ १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा फेरी अर्को मुद्दा दायर गरेको छ । आज दायर भएको मुद्धा अनुसार शर्माले बयानमा दिएको खर्च र शर्माले गरेको खुद खर्चमा ४ करोड भन्दा बढीको फरक परेको भन्दै झन्डै चार महिना लामो अनुसन्धानपछी मुद्धा दायर गरिएको हो । 

यस अघि कर फर्च्यौट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा उनलाई दायर गरिएको मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाा बिगो मागदाबी गरेको छ । 

अख्तियारसँगको बयानका क्रममा शर्माले आफूसँगको बचत रकम ३ करोड ६३ लाख ७२ हजार नौ सय ६१ रहेको देखाएका थिए । तर अख्तियारले शर्माले गरेको खर्च सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको जनाएको छ । अख्तियारले शर्माको आम्दानी र खर्चबीचको अन्तरलाई अकुत मानेर मुद्दा दायर गरेको हो । 

गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा बिभिन्न बहानामा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । शर्मा अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोगपत्र तयार भएको अख्तियार स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी