१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

१६ माघ २०७४, मंगलवार ०१:३२

माघ १६, काठमाडौं । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन्। 

मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन्। तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन्। ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन्। मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन्।

नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन्। ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन। म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न। मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ।’

मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन्। आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ। 

हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ। मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे। माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार