२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ साहित्यदूत घोषित

१६ माघ २०७४, मंगलवार ०६:२१

माघ १६, काठमाडौँ। विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ साहित्यकारलाई हिमालहरुका नाम जोडेर सम्मान घोषणा गर्नुभयो । 

सोअनुसार नेपाली साहित्यदूत सगरमाथा तुलसी दिवस र नेपाली साहित्यदूत कन्चनजंघा प्रा डा टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत ल्होत्से मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत), नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल र नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईँ (म्यानमा), नेपाली साहित्यदूत चोयु भक्त घिमिरे (भुटान÷अमेरिका) र नेपाली साहित्यदूत धौलागिरि अन्नपूर्णलक्ष्मी राई ( बेलायत)लाई घोषणा गरिएको छ । 

सम्मानित स्रष्टालाई ताम्रपत्रसहित सो सम्मान अर्पण गरिने बताइएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको महासङ्घका राजु सुब्बाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह