2026-08-26 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

वडा कार्यालयको तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

माघ १७, इलाम | इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ। 

कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । 

नेपाली काँग्रेस, संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएकाले समानताको माग गर्दै बाम गठबन्धनका दलहरू आन्दोलित बनेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी गराउनुभयो । 

यता वडाध्यक्ष लिम्बूले भने पटक पटक बैठकमा बोलाइएको तर आन्दोलित समूहका कोही पनि नआएको बताउनुभयो । आन्दोलित समूहले गत माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ