२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

१७ माघ २०७४, बुधबार ०८:२५

प्रभाषचन्द्र झा/माघ १७, विराटनगर  । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । 

विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो । 

रंगरोगनलगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी राख्ने लगायतका आवश्यक काम गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहले जानकारी दिनुभयो । 

सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको हो । 

एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने सो कार्यालयका अर्का इञ्जिनियर सुरेन्द्रकुमार साहले जानकारी गराउनुभयो । 

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले सभा भवनको मर्मतलगायत सम्पूर्णकार्य बढीमा तीन दिनभित्रमा सम्पन्न गर्न निर्देशन दिएको र सोहीअनुरुप काम भइरहेको बताउनुभयो । 

प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर भएपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, आवास, मन्त्रालय, सभा भवनलगायत मर्मतका साथै सम्पूर्ण व्यवस्थापनका लागि रु सात करोड ५० विनियोजन भएको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराउनुभयो । 

उक्त रकमबाट सभाभवनको मर्मतका साथै यतिखेर मुख्यमन्त्रीको कार्यालय स्थापना हुने क्षेत्रीय कृषि निर्देशनालय र प्रदेश प्रमुखको कार्यालय स्थापना हुने क्षेत्रीय सिँचाइ निर्देशनालमा पनि मर्मत तथा रंगरोगनको काम शुरु भइसकेको छ । 

यसका साथै, मन्त्रालय स्थापना हुने भनिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको भवन, सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवन, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयको भवनमा पनि मर्मतकार्य तीव्र गतिमा भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने