2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

माघ १७, काठमाडौं । ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् । 

ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका थिए । उनको व्यापक खोजी भए पनि भेटिएका थिएनन ।

प्रहरीका अनुसार उनी गोदावरीको जंगलमै भेटिएका हुन् । महानगरिय प्रही वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालका अनुसार जोनलाई सुरक्षाकर्मीको सहयोगमा जंगलबाट ल्याइएको छ ।

कक्षा पाँचका विद्यार्थी र प्राचार्यसँगै हिउँ खेल्न गएका ६ कक्षाका जोन फर्कने क्रममा गत बिहीबार दिउँसो हराएका थिए । फूलचोकी डाँडामा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए ।

रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए । प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँचजनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए । तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन् ।

विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए । 

तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएका थिएनन् । उनी हराएदेखि नै सुरक्षाकर्मी, अभिभावक तथा स्थानीय वासिन्दा खोजीमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई