2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी

माघ १९, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन् । 

प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे।  मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।

उनले सभामुखको भूमिका निर्वाह गर्दा फरक अनुभूति भएको सुनाए। ‘निकै उत्साहित थिए, सहजै सम्पन्न पनि गरेको छु’, हेटौंडा नगरपालिकामा दुई पटक मेयरमा निर्वाचित पौडेलले भने, ‘बैठकको अध्यक्षता गर्न मैले पूर्वतयारी गरेको थिए, त्यसैले मलाई सहज भयो।’

प्रदेश मुख्यमन्त्रीका लागि भने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा छ। पौडेलले मुख्यमन्त्रीको चर्चा गरिरहँदा बैठकस्थलबाट दुई आकांक्षी शाक्य र पाण्डे बाहिरिँदै थिए।

दुवैले पहिलो बैठक ऐतिहासिक रहेको भन्दै प्रदेश मुख्यमन्त्रीको दौडमा आफू अघि रहेको प्रतिक्रिया दिए। मुख्यमन्त्रीको बढी चर्चामा रहेकी शाक्यले आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिए त्यसलाई सहज ढंगले पूरा गर्नेमा आशावादी रहेको बताइन्। ‘यो प्रदेशमा मभन्दा वरिष्ठ नेता छैन, त्यसमाथि महिला मुख्यमन्त्री हुने एउटा मात्र प्रदेश यही मात्र देखिएको छ’, उनले भनिन्, ‘मलाई पार्टीले उम्मेदवार बनाउनेमा ढुक्क छु।’

पार्टीभित्र अन्य आकांक्षी रहे पनि सर्वसम्मत रूपमा आफ्नो पक्षमा निर्णय हुने उनको भनाइ थियो। वाम गठबन्धनको निर्णयअनुसार प्रदेश ३ को मुख्यमन्त्रीको भाग एमालेले पाएपछि पार्टीले चाँडै निर्णय गर्ने शाक्यले बताइन्।

उनले पार्टीभित्र सर्वसम्मत हुन नसके निर्वाचन प्रणालीबाट मुख्यमन्त्री टुंगो लाग्ने बताइन्। ‘सर्वसम्मतको प्रयास हुन्छ, सहमति हुन नसके निर्वाचनबाट मुख्यमन्त्री टुंगो लाग्नेछ।’

मुख्यमन्त्रीका अर्का आकांक्षी पाण्डेले पनि सहमति हुन नसके निर्वाचनबाटै उम्मेदवारको टुंगो लगाउनुपर्ने बताए। ‘हामी दुवै दौडमा छौं, अहिले कसले पाउने भन्ने छैन। हामीभन्दा माथि पार्टी छ, पार्टीले टुंगो लगाउनेछ’, पाण्डेले भने, ‘सहमति भएन भने निर्वाचन हुन्छ र आधिकारिक उम्मेदवार छानिनेछ।’

प्रदेश ३ मा एमाले एक्लैको बहुमत छ। प्रदेशसभामा एमालेबाट ५८, माओवादी केन्द्रबाट २३, कांग्रेसबाट २१, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीबाट २, नयाँशक्ति नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकबाट एक/एक गरी एक सय १० प्रदेशसभा सदस्य छन्।

संघीय सपनाले पूर्णता पाएको ऐतिहासिक दिन बिहीबार संसद् छिर्ने अधिकांश माननीय युवा देखिन्थे। सीमान्त वर्ग, समूदायबाट प्रतिनिधित्व गर्नेको पनि बाहुल्य थियो।

राप्रपा (प्रजातान्त्रिक) की प्रदेशसभा सदस्य रिना गुरुङले नयाँ पुस्ताको जोस जाँगर र पुरानो पुस्ताको अनुभवलाई मिलाएर देश विकास गर्नुपर्ने बताइन्। ‘मैले प्रदेशसभामा युवापुस्ताको बाहुल्य देखें, यो राम्रो पक्ष हो’, उनले भनिन्, ‘म मात्र होइन पहिलो पटक संसद् बैठकमा सहभागी धेरै युवा साथी उत्साहित हुनुहुन्छ।’ अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई