महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पू"/>
२० माघ २०८२, सोमबार
पर्बत - PBT

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

१९ माघ २०७४, शुक्रबार ०४:१६

महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै पूर्ण साक्षर बनेका हुन्। जिल्ला शिक्षा समितिले बिहीबार जिल्लालाई औपचारिक रूपमै पूर्ण साक्षर घोषणाको गरेको छ ।

जिल्लाका प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले पर्वतलाई संयुक्त रुपमा पूर्ण साक्षर भएको घोषणा गरेका हुन् ।

शिक्षा कार्यालयको सर्वेक्षण अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९६.९३ प्रतिशत साक्षर छन्। यो उमेर समूहको जनसंख्या ८० हजार ६८४ भएकोमा ७८ हजार २१०जना साक्षर भएको तथ्याङकमा उल्लेख छ । 

पर्वत पूर्ण साक्षर घोषणा हुनेमा मुलुकको ४२ औं जिल्ला बनेको साक्षर जिल्ला घोषणा समितिले जनाएको छ। धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङ यसअघि नै साक्षर घोषणा भइसकेका छन् भने प्रदेश ४ का सवै जिल्लाहरु पूर्ण साक्षर घोषित भएका छन् । 

साक्षर जिल्ला समारोह समितिका मूल संयोजक एवं जिल्ला समन्वय समितिका सभापति मनोहर बी पौडेलले सबै सूचक पूरा भएकाले औपचारिक घोषणा भएपछि मुलुकको ४२ औं साक्षर जिल्ला भएको बताए ।

 प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले जिल्लालाई अब  व्यहारिक र स्वरोजगारमुलक शिक्षा प्रदान गर्दै जिल्लाको बेरोजगार हटाउनुपर्नेमा जोड दिए । उनीहरुले जिल्लाको विकासको लागि आवश्यक पूर्वधारहरु मध्ये शिक्षा एक भएको र सवै जिल्लाबासीलाइ अब शिक्षित बनाउनेतर्फ उन्मुख हुनुपर्ने बताए ।

पर्वतमा अझै पनि ३ प्रतिशत निरक्षर रहेको छ । त्यसलाइ हटाउनको लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने देखिएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको विकासमा नेताहरु लाग्नुपर्ने बेला आएको बताए । शिक्षित समाज निर्माण हुन सके देशनै शिक्षित विकसित हुनेमा वक्ताहरुको जोड थियो । 

कार्यक्रममा समानुपातिक सांसद जुनादेवी नेपाली, ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाइ लगायतले आआफ्नो धारणा राखेका थिए ।

४२ औं साक्षर जिल्ला 

माघ १८ भित्र अन्य जिल्ला पूर्ण साक्षर हुन नसके पर्वत ४२ औ साक्षर जिल्ला बनेको छ । साक्षर घोषणासँगै ७७ जिल्लामध्ये पर्वत ४२ औं मा परेको हो ।

प्रदेश ४ को कान्छो पूर्ण साक्षर

पर्वत जिल्ला प्रदेश ४ को सवैभन्दा कान्छो जिल्ला घोषणा भएको छ । प्रदेश ४ का ११ जिल्लामध्ये अन्तिममा पूर्ण साक्षर घोषणा हुने जिल्लामा पर्वत परेको छ । पर्वत जिल्ला पूर्ण साक्षर नभएकै कारण प्रदेश ४ पूर्ण साक्षर घोषणा हुन सकेको छैन । पूर्ण साक्षर जिल्ला घोषणासँगै प्रदेश ४ लाई पूर्ण साक्षर बनाउने बाटो खुलेको छ ।

निरक्षर हुदाहुदै साक्षर घोषणा

तोकिएको मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने भएका कारण जिल्लामा निरक्षर प्रतिशत हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा  भएको छ । । कुल जनसंख्याको अझै पनि ३.०७ प्रतिशत निरक्षर रहेका छन् । अर्थात् २ हजार ४ सय ७४ जना अझै पनि निरक्षर संख्या रहेको छ ।



 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार