महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पू"/>
२२ मंसिर २०८२, आईतवार
पर्बत - PBT

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

१९ माघ २०७४, शुक्रबार ०४:१६

महेन्द्र केसी/पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै पूर्ण साक्षर बनेका हुन्। जिल्ला शिक्षा समितिले बिहीबार जिल्लालाई औपचारिक रूपमै पूर्ण साक्षर घोषणाको गरेको छ ।

जिल्लाका प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले पर्वतलाई संयुक्त रुपमा पूर्ण साक्षर भएको घोषणा गरेका हुन् ।

शिक्षा कार्यालयको सर्वेक्षण अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९६.९३ प्रतिशत साक्षर छन्। यो उमेर समूहको जनसंख्या ८० हजार ६८४ भएकोमा ७८ हजार २१०जना साक्षर भएको तथ्याङकमा उल्लेख छ । 

पर्वत पूर्ण साक्षर घोषणा हुनेमा मुलुकको ४२ औं जिल्ला बनेको साक्षर जिल्ला घोषणा समितिले जनाएको छ। धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङ यसअघि नै साक्षर घोषणा भइसकेका छन् भने प्रदेश ४ का सवै जिल्लाहरु पूर्ण साक्षर घोषित भएका छन् । 

साक्षर जिल्ला समारोह समितिका मूल संयोजक एवं जिल्ला समन्वय समितिका सभापति मनोहर बी पौडेलले सबै सूचक पूरा भएकाले औपचारिक घोषणा भएपछि मुलुकको ४२ औं साक्षर जिल्ला भएको बताए ।

 प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा क का सदस्य नेत्रनाथ अधिकारीले जिल्लालाई अब  व्यहारिक र स्वरोजगारमुलक शिक्षा प्रदान गर्दै जिल्लाको बेरोजगार हटाउनुपर्नेमा जोड दिए । उनीहरुले जिल्लाको विकासको लागि आवश्यक पूर्वधारहरु मध्ये शिक्षा एक भएको र सवै जिल्लाबासीलाइ अब शिक्षित बनाउनेतर्फ उन्मुख हुनुपर्ने बताए ।

पर्वतमा अझै पनि ३ प्रतिशत निरक्षर रहेको छ । त्यसलाइ हटाउनको लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने देखिएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको विकासमा नेताहरु लाग्नुपर्ने बेला आएको बताए । शिक्षित समाज निर्माण हुन सके देशनै शिक्षित विकसित हुनेमा वक्ताहरुको जोड थियो । 

कार्यक्रममा समानुपातिक सांसद जुनादेवी नेपाली, ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाइ लगायतले आआफ्नो धारणा राखेका थिए ।

४२ औं साक्षर जिल्ला 

माघ १८ भित्र अन्य जिल्ला पूर्ण साक्षर हुन नसके पर्वत ४२ औ साक्षर जिल्ला बनेको छ । साक्षर घोषणासँगै ७७ जिल्लामध्ये पर्वत ४२ औं मा परेको हो ।

प्रदेश ४ को कान्छो पूर्ण साक्षर

पर्वत जिल्ला प्रदेश ४ को सवैभन्दा कान्छो जिल्ला घोषणा भएको छ । प्रदेश ४ का ११ जिल्लामध्ये अन्तिममा पूर्ण साक्षर घोषणा हुने जिल्लामा पर्वत परेको छ । पर्वत जिल्ला पूर्ण साक्षर नभएकै कारण प्रदेश ४ पूर्ण साक्षर घोषणा हुन सकेको छैन । पूर्ण साक्षर जिल्ला घोषणासँगै प्रदेश ४ लाई पूर्ण साक्षर बनाउने बाटो खुलेको छ ।

निरक्षर हुदाहुदै साक्षर घोषणा

तोकिएको मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने भएका कारण जिल्लामा निरक्षर प्रतिशत हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा  भएको छ । । कुल जनसंख्याको अझै पनि ३.०७ प्रतिशत निरक्षर रहेका छन् । अर्थात् २ हजार ४ सय ७४ जना अझै पनि निरक्षर संख्या रहेको छ ।



 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य