२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकिंग तथा वित्तीय क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्ने

२०७४, २१ माघ आईतवार ०२:५४

माघ २१, काठमाडौँ (रासस) | देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् । 

उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा निजी क्षेत्र संयुक्त रुपमा मिलेर काम गर्नुपर्ने धारणा थियो । 

भृकुटीमण्डपमा सञ्चालन भइरहेको सेकेण्ड बैंकिंग एक्सपो–२०१८ मा सहभागी व्यवसायीहरुसँगको कुराकानीमा उनीहरुले सो धारणा राख्नुभएको हो । रासससँग कुरा गर्दै सानिमा बैंकका प्रबन्धक नरेन्द्र देवकोटाले देशव्यापी रुपमा बैंकहरुको वृद्धिका बाबजुद बैंकिंग कारोबारमा खासै कुनै समस्या नभएको बताउनुभयो । 

देशव्यापी रुपमा ५१ शाखा रहेको सानिमा बैंकले प्रदर्शन कक्षमार्फत ग्राहक तथा सर्वसाधारणमा बैंकमा बचत गर्ने तथा आर्थिक क्षेत्रमा कार्यरत संस्थालाई ऋण उपलब्ध गर्ने बारेमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा भएकाले बैंकमा वित्तीय जागरण आएको बताउनुभयो । 

प्रभु इन्सुरेन्स लिमिटेडका डेपुटी मार्केटिंग मेनेजर मीनु श्रेष्ठले आफ्नो संस्थाले निर्जीवन बीमाको महत्वबारे व्यवसायीलाई जानकारी दिन प्रदर्शन कक्ष राखेको जानकारी दिनुभयो । 

आयोजक मिडिया इन्टरनेशनलका कक्ष नियमन अधिकारी विजय पराजुलीले शुक्रबारदेखि सञ्चालन भइरहेको बंैकिंग एक्सपोमा विभिन्न ५१ वटा स्टल रहेको जानकारी दिनुभयो । उहाँले ७५ जिल्लामा बैंकिंग कारोबार पुर्याउने उद्देश्यले एक्सपो सञ्चालन भएको र एक्सपोमा बैंक, शेयरको कारोबार हुने स्टक तथा बीमा कम्पनीहरुको सहभागिता रहेको बताउनुभयो । 

पराजुलीले देशको विकासका लागि आर्थिक क्षेत्रमा कार्य गर्ने संस्थाहरुको विकास आवश्यक भएको उल्लेख गर्नुभयो । कृषि विकास बैंक, सिबिआइएल क्यापिटल लिमिटेड, इन्भेष्टमेन्ट एण्ड फाइनान्स क लि, वित्तीय सूचना दिने अनलाइनहरु कक्षमा दर्शकको आकर्षण रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार