२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा साढे १२ करोड लगानीमा जनयुद्ध संग्रहालय बन्दै

२१ माघ २०७४, आईतवार ०३:५०

माघ २१, काठमाडौँ । माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गैरीगाउँमा ‘जनयुद्ध संग्रहालय’ निर्माण हुने भएको छ । 

तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरीगाउँस्थित तिलामा संग्रहालय निर्माण गर्न लागिएको हो  । सरकारले तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन अघि सारेको योजना अन्तर्गत सर्भेक्षणको काम भएको छ । 

तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दहवन, गैरीगाउँ र मसिनालगायत मुलुकभर २८ वटा शिविरमा माओवादी लडाकु राखेर सेना समायोजन गरिएको थियो । रोल्पाको नुवागाउँस्थित दहवनमा पाँचौं डिभिजनको मुख्य कार्यालय र तिलामा सहायक शिविर राखिएको थियो । 

‘तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको हो  ।’ संग्रहालय निर्माणको पहल गरेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढामगरले भने, ‘विगतको अवस्थाबारे भावीपुस्तालाई जानकारी दिन ‘जनयुद्ध संग्रहालय’ उपयोगी हुनेछ ।’

अाजको कान्तिपुरमा खबर छ-संग्रहालयमा रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया र त्यसपछिको अवस्थाबारे जानकारी दिन सकिने संरचना निर्माण गरिनेछन् । 

शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गरेपछि भएका परिवर्तन र तत्कालीन अवस्थामा सशस्त्रसंघर्ष हुनुका कारणबारे अभिलेखीकरणका लागि संग्रहालय निर्माण गर्न लागिएको हो ।

२० रोपनी सरकारी वन क्षेत्रभित्र उक्त संग्रहालय बनाउन लागिएको हो । जिससमार्फत करिब साढे १२ करोड लगानीमा निर्माण गरिने संग्रहालयका लागि पहिलो चरणमा एक करोड बजेट विनियोजन भएको संयोजक बुढामगरले बताए । ‘शान्ति प्रक्रियालगत्तै यो काम गर्नुपर्ने थियो । ढिलै भए पनि राम्रो काम थालनी भएको छ ।’

दहवनस्थित तत्कालीन पाँचौं डिभिजनमा कार्यवाहक कमान्डरको समेत भूमिका निर्वाह गरेका बुढामगरले भने । तिलामा ‘जनयुद्ध संग्रहालय’ बनाउन सर्भे गरेका पुरातत्त्वविद् श्रीहरि थापाले पहाडी क्षेत्रमा यो संग्रहालय नयाँ अवधारणा भएको बताए । 

थापाका अनुसार पुरातत्त्व विभागको पहलमा संग्रहालय अवलोकन गर्ने स्थान, होटल र हेलिप्याड निर्माण गर्ने अवधारणा छ । संग्रहालय निर्माणपछि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य