७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

२१ माघ २०७४, आईतवार १०:५९

माघ २१, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । 

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो । “सबै क्षेत्रमा सरकारले नै काम गर्न सक्दैन, स्थानीयवासी एवं सरोकार भएका अन्य निकायको पनि सहयोग लिनुपर्छ, विद्यालय र स्थानीय मठमन्दिर निर्माणका लागि स्थानीयवासीले पनि सकेको योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

सो अवसरमा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले राजधानीमा भएर पनि पिछडिएको क्षेत्रको शिक्षा एवं जीवनस्तर सुधारका लागि यज्ञका माध्यमबाट सहयोग जुटाउन आह्वान गर्नुभयो । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले शिक्षा क्षेत्रको सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपाल, प्रा डा ऋषिराम पोखरेल तथा महायज्ञ आयोजक समिति अध्यक्ष दामोदर पौडेललगायतले यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनुभयो । 

यही माघ २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा बाल योगेश्वरले कथा वाचन गर्नुहुनेछ । महायज्ञबाट संकलित रकम विद्यालय एवं शिवपाञ्चायन मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा