2026-09-19 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह अगाडी नै जवानी सुम्पिदा…. यसरी मारिन्छन् युवतीहरु

प्रेम सुनार | माघ २१, गुल्मी | बाग्लुङ्गकी २२ वर्षिया कमला शर्मा कक्षा  १२ को  अग्रेजी  विषय लागेको परिक्षा दिने तयारीमा थिईन ।  अकर्षक ज्युडाल, शौन्दर्यकी खानी थिईन् । उनको त्यही शौन्दर्यमा आँखा प¥यो पर्वतका २३ वर्षिय विक्रम भनेर चिनिने  प्रदिप पराजुलीको । अन्ततः आज भोली फर्सी धाउँदै र फेशवुकबाट सुन्दर भविश्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली ।

नाम नवताउने सर्तमा उनका साथीहरुका अनुसार उनिहरु विच लामो समय देखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा कमलाले  प्रेम पराजुलीलाई जवानी पनि सुम्पिदै आएकी थिईन् । शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा  बढ्दै गएको  शिशु के जन्मियला ? कस्तो जन्मिएला ?  यस्तै यस्तै मिठा सपनाहरु देख्दै आई रहेकी शर्माले त्यो सपना र आफैमा मात्र सिमित खुशी प्रेमी पराजुली संग साट्न चाहिन् । त्यो खुशी साट्नको   केहि छिन नवित्दै मुटुको टुक्रा ठानिएको प्रेमीले गला रेटेर  मार्यो र कालिगण्डकी नदिमा फालि दियो ।

केहि दिन अघि गुल्मीको खड्गकोट पुछारमा कालिगण्डकी नदि किनारमा मृत फेला परेकी युवतीको घटना उठान गर्दै छौं हामी ।  त्यति वेला वेवरिसे रहेको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । यहाँको प्रहरीले बाग्लुकी युवती भएको पत्तो लगायो र वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा खवर गर्यो ।  उक्त शव वाग्लुङ्गको जैमुनी गाउँपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो । उता मृतक कमलाका परिवारले वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो । कमलाका दाजु रामप्रसाद शर्माका अनुसार माघ ५ गते विहान पौने नौ वजेको समयमा घरमा वुवा आमा  संग मलाई सामान्य पेट दुख्यो औषधी खान जान्छु भनेर  घरबाट हिडेकी थिईन् ।  ढावा भन्ने स्थानमा रहेको हरि ढकाल भन्ने व्यक्तिको औषधी पसलमा उनि पुगेकी थिईन् ।  त्यहाँबाट उनि  हिडे पछि   साँझ ६ वजे सम्म    पर्वतको विहादी गाउँपालिका वडा नम्वर २ को  विक्रम भनेर चिनिने २३ वषिय पदिप पराजुली  संग कमला  संगै बसेको देख्नेहरु भेटिए ।  त्यसको आधारमा वाग्लुङ्ग जिल्ला प्रहरीले हत्यारा पत्ता लगाएको हो । 

पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिप घिमिरे संग सम्पर्क राख्दा निजले हत्या गरेर फालेको स्वीकार गरेको रआज अदालतमा म्याद थप गर्न लागिएको बताए । डिएसी घिमिरेको अनुसार निजले यस्तो वयान दिएका छन्– ‘उ संग मेरो प्रेम सम्वन्ध थियो ।  माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने वउर पुल पारीको खेतमा हाम्रो भेट भयो ।

उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो ।,  मेरो पालो म फँस्ने भएँ , विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै  त्यही पुलमा लगे  तल खोलामा फालि दिएको हुँ । ’  यति वेला मृतक कमलाका माता पिता छोरीको किरियाक्रममा रहेका छन् ।  पुत्रीशोकमा परेको उनिहरु वोल्न सक्ने अवस्थामा छैनन् । उनका दाजुले भने –वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा सुरुमा अभियुक्तले ढाट्ने भरपुर प्रयास गरेको थियो । मेडिकलवालाले पनि सुरुमा ढाट्ने प्रयास गरेको मृतकका दाजु रामप्रसाद बताउँ छन् । त्यस्ता अपराधीलाइ कुनै राजनैतिक दलका आवरणमा बचाउने ठुलो चलखेल हुन लागेको भए त्यसलाई सञ्चारकर्मीहरुले पनि निगरानी गर्न आग्रह गर्दुछु र कडा भन्दा कडा कार्वाहीको माग गर्दछु । 

कति पापी, कुकर्मी र विश्वासघाती हुँदै आएका छन् पुरुषहरु । जवानी संग खेल्नका लागि अनेकन मिठा सपना देखाउने र प्राप्ती पछि ज्यानै लिने यस्ता घटना प्रति महिलाहरु सचेत हुन जरुरी छ तर कतिपयले जवानीको जोसमा होस नपुराएर यस्ता घटनाहरु दोहरिदै गएका छन् । आगामी दिनमा सजग हुने कि ?  विवाह सम्म जवानीको जोसलाई नियन्त्रण गरे यस्ता घटनाको शिकार बनिने छैन होला कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो