2026-09-03 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो पटक सिडियोद्वारा पत्रकार सम्मेलन, डोल्पाको लागि यस्तो प्रतिबद्धता

टेकबहादुर शाही | माघ २१, डोल्पा | प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले डोल्पा जिल्लामा पहिलो पटक पत्रकार सम्मलेन गरेका छन । डोल्पा जिल्लामा ईतिहासमा पहिलो पटक प्रमुख जिल्ला अधिकारीले जिल्लाको अबस्था सुझाब र सल्लाह अनि सहकार्यको लागि भन्दै जिल्लामा रहेका पत्रकारहरुसंग पत्रकार सम्मलेन गरेका हुन । 

सरकारी कर्मचारीहरु, नागरिक समाज र सञ्चारकर्मिहरु देशका एकै अंग भएकोले नागरिकले पाउने सेवा र सुचानहरुको बिषयमा सबैको एकै लक्ष्य र उदेश्यहरु रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि गराए । उनका अनुसार नागरिकको सेवालाइ प्रभाबकारी बनाउन सञ्चारकर्मिको ठुलो भुमिका रहने बताए । उनले भने ‘कलम छ सत्य र तथ्य रुपमा चालउनुस’ हाम्रो सहयोग र सर्मथन रहन्छ । 

आफ्नो कार्यकालमा सकेसम्म शुसासन कायम गरि नागरिकलाइ सेवा सुलभ पाएको अनुभुति गराउने प्रयत्न गर्ने प्रजिअ थापाले प्रतिबद्धता जनाए । आफु एक्लैले मात्र शुसान कायम गर्न नसक्ने र त्यसको लागि सबै निकायका कर्मचारिहरु एवम सञ्चारकर्मिहरुका साथै नागरिकको ठुलो सहयोगको खाचो पर्ने बताए । 

“नागरिकता र राहदानी तरकारी बाडे जस्तो होइन”

चिनको तिब्वतसंग सिमाना जोडिएको जिल्ला डोल्पा भएको कारण नागरिक्ता र राहदानी जस्ता अति सम्बेदनशिल कुरा सहजै दिन नसकिने प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाले बताए । उनले भने राहदानी र नागरिक्ता भनेको तरकारी बाडे जस्तो कुरा होइन सम्बेदनशिल कुरा हुन सबै प्रकृया पुगे पछि मात्र प्रदान हुन्छ । 

तिब्वतसंग सिमा भएको कारण नेपाली नागरिकाको नाममा गैरनागरिकले राहदानी र नागरिक्ता लिने खतरा रहेकोले पनि सबैलाइ सजक भइ नागरिकले पाएको सुचना आफुलाइ दिइ सहयोग गरिदिन आग्रह प्रमुख जिल्ला अधिकारीले थापाले गरे । भाषाको समस्या छ तर स्थानीय तहका जनप्रतिनिधि र कर्मचारिहरुले नेपाली नागरिकहरुलाइ सहज वातावरण बनाइ सेवा प्रबाहमा शुलभ बनाउन जागरुक गराउने बताए ।

भुगोलमा ठुलो जिल्ला भएको कारण निकै समस्या आउने स्वभाबकि भए पनि चुनौतिहरुलाइ सहज रुपमा लगेर नागरिकलाइ सेवा प्रदान गर्न सकिने र त्यो सम्भब भएको बताए । देशको चौथो अंग पत्रकार भएका कारण पत्रकार महासंघले नागरिकलाइ सुचनाहरु आदान प्रदान र सुसूतिच गर्न निकै ठुलो भुमिका खेल्ने भएकोले जो जहा रहे पनि नागरिकलाइ सुसूचित गराउन सहयोग गरिदिन नेपाल पत्रकार महासंघ डोल्पा शाखालाइ अनुरोध गरे । 

“४८ घण्टामा जिल्लाका सरकारी कार्यालयमा परिपत्र”

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कार्यभार सम्हालेको ४८ घण्टा भित्र आइतबार  जिल्लाका सबै सरकारी कार्यालहरुमा परिपत्र जारी गरेका छन । जिल्लाका सरकारी कार्यालयमा कर्मचारीहरु नबस्ने र नागरिकलाइ सेवामा परेको असर बारे ब्यापक जनगुणासो आएको भन्दै आइतबार नै सबै कार्यालयमा परिपत्र जारि गरएको प्रजिअ थापाले पत्रकार सम्मेलनमा जानकारि दिएका छन । 

प्रमुख जिल्ला अधिकारीले जारि गरेको परि पत्रमा भनिएको छ कार्यालय प्रमुखले कार्यालय छाड्दा वा जिल्ला छोडेर बाहिर जानु पर्ने भएमा किन जाने हो ? के काम हो ? कति दिनको लागि हो ?कहिले सम्म कार्यालयमा आउने हो ? निमित्त बस्ने कर्मचारी को हो सबै खुलाएर प्रमुख जिल्ला अधिकारीसंग स्वीकृत लिनु पर्ने छ । त्यसरि निबेदन लिएर आए पछि पाउने बिदा सेवा के कति छ नियमानुसार पाउने भए स्वीकृत दिने र भनेको समयमा कार्यालयमा हाजिर नभए कानुनि प्रकृयामा जाने प्रजिअ थापाले जानकारि गारए । 

आफु जिल्लामा आएको ३ दिन भै सक्दा सम्म पनि कुनै कर्मचारी र कार्यालय प्रमुखरुले कुनै सम्पर्क नगरेको भन्दै मनपरि तरिकाले महिनौ बाहिर बसेको सबैको कार्यालय अनुगमन गरि नियम बिपरित बाहिर बसेको भए कारवाही गर्न पछि नहट्ने बताए । उनले भने म कसेको राम्रो र नराम्रो बन्नु छैन नियममा काम गर्छू र सबैले नियमानुसार काम गुर्न पर्छ नत्र कारवाही हुन्छ ।

“नागरिक सहायता कक्ष र सुचना अधिकारी तोकिने”

जिल्लाका सबै सरकारी कार्यालयहरुमा नागरिक सहायता कक्षको ब्यवस्था गर्ने तयारि गरि रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । उनका अनुसार नागरिकले सहजै सेवा कसरि लिने भन्ने बारे जान्न पाउनु पर्ने भएकोले नागरिक साहयता कक्ष जिल्ला प्रशासन कार्यालयबाट नै सञ्चालन गर्ने बताए । 

त्यसै गरि सरकारी कार्यालयहरुले तत्काल सुचना अधिकारी तोकी नाम जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने र नागरिक कार्यालयमा गए पछि सुचना अधिकारीले नै सुचना दिने ब्यवस्था गर्न ताकेता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर केसिले जानकारि दिए । उनले भने जिल्लाका अधिकांश कार्यालयमा सुचना अधिकारी छैनन भएका पनि कार्यान्वयनमा आएका छैनन अबको केहि दिनमा सबै सुचना अधिकारीहरु कार्यालयमा हुने ब्यव्स्था गरिएको बताए । 

“नागरिकमा जनचेतनाको कमि”

नागरिकमा जनचेतनाको कमि रहेकोले उनिहरुलाइ सबैले सुसूचित गराउन तिर लाग्नु पर्ने बताए । उनले भने स्थानीय सरकारले उनिहरुलाइ ससूचित गराउने बिभिन्न जनचेतामूलक क्रियाकलापहरु गर्नु पर्ने बताए । सरकारी कार्यालयबाट पाउने सेवा र सुबिधाका बिषयमा नागरिलाइ जानकारि हुनु पर्ने र तब मात्र उनिहरुले सेवा लिदा शुलभ र सरल हुने प्रजिअ थापाले दावी गरे । उनले भने स्थानीय तह संग छलफल गरेर जनप्रतिनिधि र कर्मचारिहरुलाइ नागरिकले पाउने सेवाका बिषयमा छलफल तथा अन्तरकृयाको लागि पहल गर्ने बताए ।  

प्रमुख जिल्ला अधिकारीले थापाले  कर्मचारीहरु स्थानीय तहमा जाने र जिल्लाका कार्यालयहरु खारेज हुने भन्दै मनपरि बसेको तर जहिले सम्म संरचना भत्कीदैन नागरिलाइ त्यहिबाट सेवा दिनु पर्ने बताए । एक फरक प्रसंगमा  प्रजिअ थापाले भने कर्मचारिहरु कामै छैन भनेर बस्छन बजेट चलाउदा मात्र काम हुने नत्र भने अन्य कुनै पनि सेवाका लागि नागरिकलाइ सहजिकरण नर्गने बानिको बिकास कर्मचारिहरुमा भएकोले त्यो सोचाइ नराख्न कर्मचारिहरुलाइ निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही