2026-10-14 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपश्चिमको बिकासमा आफ्नो सहयोग जारी रहन्छ: अध्यक्ष भट्ट

कमल रावल/माघ २२, अछाम । सुदुपश्चिमेली नेपाली समाज जापानको पाचौँ महाधिबेशन जापानको टोकियोमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

“सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ आईतबार फ्रेबुअरी ४ मा भएको अधिबेशनले आगामि २ वर्षका लागि एकेन्द्र थापाको अध्यक्षतामा १८ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ । 

निवर्तमान अध्यक्ष चन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको महाधिबेशनको उदघाट्न अन्तराष्ट्रिय गैर आवासिय संघ एनआरएनएका अध्यक्ष भुवन भट्ट गर्नु भएको थियो । प्रमुख अतिथी भट्टले सुदुरपश्चिम क्षेत्रको बिकास लागी आफ्नो सहयोग जहीले पनी रहीरहने बताउनु भयो । समाजले स्थापना गरेकोे १० लाखको अक्षय कोषका लागि नगद १ लाख समेत सहयोग गर्नु भएको थियो । 

नेपाल सरकारका जनप्रतिनिधि तथा प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा जन सम्पर्क समिति जापानका उप सभापति नवराज थापा, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबी लाल भण्डारी, जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ केन्द्रीय सदस्य पवन वर्षा शाह, अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदमसिंह ठगुन्ना, नया शक्तिका केन्द्रीय सदस्य भुवन रोक्का, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सफल ब्यावसायी पुष्कर जंग थापा गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टराईको सहभागिता रहेको थियो । 

सोही अवसरमा सुदुरपश्चिमेली समाज जापानका संस्थापक अध्यक्ष चन्द्रराज उपाध्याय, एनआरएनए जापान सदस्य लाल बहादुर रावल आशीष, डा. भरत नेगी र सफल व्यवसायी दिपक सुवेदीलाई विशेष रुपले समाजका लागि योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो । 

समाजको उपाध्यक्षमा मदन साउँद, कृष कोईराला र दल बहादुर धामी, महासचिव दिनेश अधिकारी,सचिव जयानन्द भट्ट, प्रकाश चन्द्र जोशी र रामु विष्ट, कोषाध्यक्ष नृप कुँवर, सह कोषाध्यक्ष पुनम विष्ट, युवा संयोजक भैरव थापा (पुरुष) र आस्था खत्री (महिला) युवा संयोजक सहीत अन्य सदस्य रहेका छन ।  संयोजकको प्रवक्तामा एच.बी ताम्राकार चुनिकाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश