२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपश्चिमको बिकासमा आफ्नो सहयोग जारी रहन्छ: अध्यक्ष भट्ट

२२ माघ २०७४, सोमबार ०२:२९

कमल रावल/माघ २२, अछाम । सुदुपश्चिमेली नेपाली समाज जापानको पाचौँ महाधिबेशन जापानको टोकियोमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

“सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ आईतबार फ्रेबुअरी ४ मा भएको अधिबेशनले आगामि २ वर्षका लागि एकेन्द्र थापाको अध्यक्षतामा १८ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ । 


निवर्तमान अध्यक्ष चन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको महाधिबेशनको उदघाट्न अन्तराष्ट्रिय गैर आवासिय संघ एनआरएनएका अध्यक्ष भुवन भट्ट गर्नु भएको थियो । प्रमुख अतिथी भट्टले सुदुरपश्चिम क्षेत्रको बिकास लागी आफ्नो सहयोग जहीले पनी रहीरहने बताउनु भयो । समाजले स्थापना गरेकोे १० लाखको अक्षय कोषका लागि नगद १ लाख समेत सहयोग गर्नु भएको थियो । 

नेपाल सरकारका जनप्रतिनिधि तथा प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा जन सम्पर्क समिति जापानका उप सभापति नवराज थापा, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबी लाल भण्डारी, जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ केन्द्रीय सदस्य पवन वर्षा शाह, अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदमसिंह ठगुन्ना, नया शक्तिका केन्द्रीय सदस्य भुवन रोक्का, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सफल ब्यावसायी पुष्कर जंग थापा गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टराईको सहभागिता रहेको थियो । 


सोही अवसरमा सुदुरपश्चिमेली समाज जापानका संस्थापक अध्यक्ष चन्द्रराज उपाध्याय, एनआरएनए जापान सदस्य लाल बहादुर रावल आशीष, डा. भरत नेगी र सफल व्यवसायी दिपक सुवेदीलाई विशेष रुपले समाजका लागि योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो । 

समाजको उपाध्यक्षमा मदन साउँद, कृष कोईराला र दल बहादुर धामी, महासचिव दिनेश अधिकारी,सचिव जयानन्द भट्ट, प्रकाश चन्द्र जोशी र रामु विष्ट, कोषाध्यक्ष नृप कुँवर, सह कोषाध्यक्ष पुनम विष्ट, युवा संयोजक भैरव थापा (पुरुष) र आस्था खत्री (महिला) युवा संयोजक सहीत अन्य सदस्य रहेका छन ।  संयोजकको प्रवक्तामा एच.बी ताम्राकार चुनिकाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की