२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब नेपाल टेलिकमको सिम प्रयोग गर्नेलाई ब्यालेन्स सकिएपनि चिन्ता छैन, यस्तो योजना सुरु

२०७४, २२ माघ सोमबार ०९:२६

माघ २२, काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि  ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’  नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि नेपालमा सञ्चालीत अर्को टेलिकम्युनिकेसन् कम्पनी एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो । एनसेलले सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गरेको छ ।


सोमबार टेलिकमले  आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूवात गरे ।  यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना