२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसोले बाहिरै चेकजाँच गर्दा गोपणियतामा समस्या

२०७४, २२ माघ सोमबार ११:१०

टेकबहादुर शाही/माघ २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा खुल्ला चौरमा बिरामीको चेकजांच गर्ने गरिएको छ । 

चिसोको कारण बिरामीको चेकजांच गर्ने बहिरङ्ग कक्षमा उपचार गर्न कठिन भए पछि अस्पतालको बाहिरिपट्टि खुल्ला चौरमा उपचार गर्न परेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ ।

बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म खुल्ला मैदानमा बसेर चेकजांच गर्दा बिरामीको गोपणियतामा भने ठुलो असर परेको जिल्ला स्वास्थ्य प्रमुख डक्टर लक्ष्मण नेपालले जानकारि दिए । 


उनका अनुसार बिरामीहरुको घुइचो हुने र उनिहरुका आफन्त पनि सगै बस्ने भएको हुदा बिरामीले गोप्य कुराहरु सबैका सामु डक्टरलाइ भन्न नसक्ने भएको हुदा निकै ठुलो समस्या परेको बताए ।

सामान्य रुघाखोकि देखि दृघ रोगिका साथै महिलाहरुका जटिल समस्याहरु आउने भएकोले त्यस्तो बेलामा बिरामीको रोग सजिलै पत्ता लगाउन कठिन हुने उपचारमा संलग्न डक्टर भिम बुढाले बताए । 

उनले भने- 'भित्र न्यानो छैन बाहिर घाममा बसेर उपचार गर्दा बिरामीको गोपणियतामा समस्या हुन्छ चिसोमा बिरामीलाइ सेवा दिन निकै हम्मे परेको बताए । 

हिउदको समयमा अत्याधिक चिसो हुने भएको कारण लामो समय सम्म बहिरङ्ग कक्षमा बसेर बिरामी हेर्न नसकिने भएको हुदा बाहिर खुल्ला मैदानमा बिरामी जांच्ने गरेको जिल्ला अस्पतालका प्रमुख डक्टर लक्ष्मण नेपालले जानकारि दिए । 

उनका अनुसार दिनभर माइनस तापक्रममा नै रहेने र हिटर वालेर बिरामीलाइ सेवा दिन बिद्युतको क्षमता नपुग्ने भएको कारण पनि घाममा बसेर बिरामी चेकजांच गर्नु परेको बताए । 

कुल १५ शैयाको जिल्ला अस्पतालमा ४ जना डक्टरले दैनिक ८० जना देखि सयजना सम्म बिभिन्न रोगका बिरामीहरु जिल्ला अस्पतालको खुल्ला मैदानमा चेकजांच गरिरहेका छन । चिकित्सकहरु भन्छन हामीलाइ खुल्ला मैदानमा बसेर उपचार गर्नु रहर होइन चिसो र बिद्युत अभावको कारण बाहिरै उपचार गर्नु बाध्यता रहेको उनिहरुको दुखेसो छ । 


बाहिर नै बसेर सबैको सामुन्य आफना गोप्य समस्याहरु भन्न कठिन हुने गरेको एकजना बिरामी सिरिद बिकले बताए । पूरुषलाइ त धेरै समस्या नहुने तर महिलालाइ सजिलै आफना समस्याहरु सबैका सामु भन्न कठिन हुने भएकोले गोप्य समस्या भन्नको लागि बहिरङ्ग कक्षमा जानु पर्ने बिरामी अमृता रोकायाले बताइन । 

चिसो समयमा बाहिर चेकजांच गरे पनि गोपणियतामा समस्या नपरोस भनेर महिलाहरुलाइ अन्तरङ्ग कक्षमा नै सोधपुछ गरिने स्टाफनर्स तारा बोहोराले बताइन । उनले भनिन चिसोको कारण कर्मचारि र बिरामी दुबैलाइ समस्या भएको दावी गरिन । 

चिसोमा पनि चेकजांच गरि रहेको र जतिबेला पनि सामान्य बिरामीलाइ जांच्न कञ्जुस्याइ नगरेको डक्टरहरु बताउछन । चिसो छ हामी पनि तराइबाट आएका हौ हिमाली जिल्लामा बाच्नै पर्यो बिरामीलाइ उपचार गर्दागर्दै आफै पनि चिसोले बिरामी पर्ने अबस्था आउन थालेको चिकित्सकहरु बताउछन । 

पहिलेका बर्षहरुमा जिल्ला अस्पतालमा डक्टरहरुको खोजी गर्न महिनौ लाग्ने भए पनि यस बर्ष भने हिउदको चिसो समायमा पनि ४ जना डक्टर सहित अन्य बिभिन्न फांटका दर्जनौ कर्मचारिहरुले बिरामीलाइ सेवा दिइ रहेका छन । 

पछिल्लो समय उपचारको लागि जिल्ला अस्पतालमा जादा डक्टर भेटिने र औषधिको समस्या भए पनि कर्मचारिहरुको उपस्थितिमा भने कमि भएको महसुस नगरेको स्थानीयहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी