२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रोस्टाइल “कृ” चलचित्रसँग आबद्ध

२२ माघ २०७४, सोमबार १२:३६

माघ २२, काठमाडौँ | डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र “कृ” सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौँमा मिडियाकर्मी तथा “कृ” चलचित्रका अभिनेता तथा प्राविधिकका बीच आयोजित एक कार्यक्रमका बीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै “कृ” चलचित्रको आधिकारिक स्टाइलिङ पार्टनर भएको छ । 


चलचित्रका नायक तथा प्रोस्टाइलका ब्रान्ड एम्बेसेडर श्री अनमोल केसीले प्रोस्टाइलले आयोजना गरेको “अनमोल फ्यान मोमेन्ट्स” फेसबुक ग्राहक योजनाका विजेताहरूलाई “कृ”को प्रिमियर कार्यक्रमको टिकट वितरण गरेका थिए । सोही कार्यक्रममा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का विजेता श्री ध्रुव बुढाथोकी तथा “कृ” चलचित्रका निर्देशक श्री सुरेन्द्र पौडेलले गोलाप्रथाबाट विजेताहरूको नाम घोषणा गर्नुभएको थियो । १० जना विजेताले आफ्ना साथीहरूका साथमा यही २४ माघ २०७४ का आयोजना हुने “कृ”को प्रिमियर कार्यक्रममा चलचित्र हेर्न पाउनेछन् । 

“अनमोल फ्यान मोमेन्ट्स”मा सहभागीहरूको अत्यन्तै उत्साहजनक सहभागिता रहेको कुरा डाबरले जनाएको छ । १२ माघ २०७४ मा सुचारू गरिएको यो कार्यक्रमबाट १५ हजारभन्दा बढी लाइक, ४ हजारभन्दा बढी कमेन्ट तथा ४ लाखभन्दा बढी भ्यु प्राप्त भएको थियो । 


डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख श्री उपेन्द्र प्रधानले भन्नुभयो, “कृ चलचित्रसँग आबद्ध हुनु हाम्रा लागि गर्वको विषय हो । विगत २ वर्षदेखि अनमोल केसी हाम्रो ब्रान्ड एम्बेसेडर हुनुहुन्छ र उहाँकै चलचित्रको स्टाइलिङ पार्टनर हुनु हाम्रा लागि उपयुक्त पनि छ । हाम्रो डिजिटल कार्यक्रम पनि उति नै चर्चित रह्यो । हामी आशा गर्छौँ, चलचित्रले पनि धेरैभन्दा धेरै चर्चा हासिल गरोस् ।”

“कृ” चलचित्रका निर्देशक श्री सुरेन्द्र पौडेलले भन्नुभयो, “चलचित्रको प्रवर्धनमा प्रोस्टाइलको सहयोगका लागि हामी कृतज्ञ छौँ । “कृ” यो वर्षकै सबैभन्दा अपेक्षित चलचित्र हो । यो आवद्धताले दर्शकहरूको अपेक्षालाई पूरा गर्ने हाम्रो विश्वास छ ।”

“कृ” २०७४ माघ २६ गते प्रदर्शनमा आउने सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र हो जसलाई सुवास गिरी तथा भुवस केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसीसँगै अनुपविक्रम शाही तथा अदिती बुढाथोकीलाई देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट