Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हास्य टेलीसृंखला भद्रगोलको प्रसारण अनिश्चित हुनुको कारण रहेछन् धुर्मुस !

२०७४, २२ माघ सोमबार १३:३१

माघ २२, काठमाडौं । आइतबार एकाएक हास्य टेलीसृंखला भद्रगोलको प्रसारण बन्द हुने बिषयमा समाचार भाइरल बन्यो । भद्रगोलका मुख्य कलाकार मध्ये निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) ले यस बिषयमा फेसबुकमा स्टाटस लेखेपछी भद्रगोल भित्रको भद्रगोल छरपष्ट भएको हो ।

आखिर चर्चित र दर्शकले औधि रुचाएको हास्य टेलीसृंखला 'भद्रगोल' बन्द गर्नेसम्मको निर्णय किन लिईयो भन्ने बिषयमा भने नयाँ खुलाशा भएको छ । 'भद्रगोल' का दुई निर्देशक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पांडे) मिडिया हव (भद्रगोल उत्पादन गर्ने संस्था) सँग रुष्ट भएपछी हास्य टेलीसृंखलानै प्रसारणमा अनिश्चितता भएको हो । निर्देशकद्वय रुष्ट बन्नुको कारण रहेछ – धुर्मुसको सिन मिडिया हबले काटिदिनु । 

हास्य टेलिश्रृंखला ‘भद्रगोल’अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई भद्रगोलमा देखाइएको थियो । जसमा धुर्मुस स्वयमले पनि छोटो अभिनय गरेका थिए । तर धुर्मुसले अभिनय गरेको दृश्य भने मिडिया हबले हटाईदियो । यसै कारण भद्रगोलका निर्देशकहरु मिडिया हबसँग रुष्ट बने । 

भद्रगोलमा सामाजिक अभियन्ताका रुपमा परिचित धुर्मुस – सुन्तलीको कामलाई थप प्रोत्साहन गर्ने उध्यश्यले कार्यक्रम निर्माण गरिएको थियो तर मनोमानी ढंगले धुर्मुसको अभिनय रहेको दृश्य हटाइयो । यही कारण भद्रगोल अब आउने-नआउने भन्ने अनिश्चित बन्न पुग्यो । आइतबार अर्जुन (पाडे) को स्टाटसपछी मिडिया हबलाई 'भद्रगोल बन्द हुने हो ?' भनि प्रतिक्रिया लिँदा मिडिया हबले उनीहरु (पाडे/जिक्री) नभएपनि 'भद्रगोल' बन्द नहुने बताएको थियो ।  

मिडिया हबले धुर्मुससँग दुश्मनी साध्न धुर्मुसको अभिनय सहित नाम समेत काटेको थियो । यस अघिपनि मिडिया हब र उसले संचालन गरेओ कार्यक्रमहरु बिबादित हुने समाचारहरु आएका थिए । मेरीबास्सैको निर्देशक हुँदा देखिकै धुर्मुस र मिडिया हब बीच सम्बन्ध नराम्रो रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश