Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१२ माघ २०८२, आईतवार
राजनीति

एमाले प्रचार विभाग प्रमुख कार्कीद्वारा प्रेस चाैतारीको पत्रकारिता पुरस्कार काेषमा १० हजार प्रदान

२२ माघ २०७४, सोमबार १५:४८

प्रज्वल पाैडेल/माघ २२, रामेछाप ।
नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अबका दिनमा राजनीतिक दलहरूले भाषण भन्दा पनि कर्म गर्ने समय अाएकाे बताउनु भएको छ ।


प्रेस चाैतारी नेपालकाे २० अाैँ स्थापना दिवसकाे अबसरमा सदरमुकाम मन्थलीमा अायाेजित चियापान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हाे । श्रेष्ठले भन्नुभयाे – "अबका दिनमा जनतालाई जीविकाेपार्जन गर्ने वातावरण सिर्जना गर्नुका साथै ठाेस परिणाम निस्कने गरि अगाडि बढ्नुपर्छ, विकास निर्माण र अार्थिक समृद्धिकाे दिशामा जानुपर्छ ।"

श्रेष्ठले पछिल्लो राजनीति घटनाक्रम नियाल्दा प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने जस्ताे देखिएपनि अब बन्ने बाम गठबन्धनकाे सरकार मिडियामैत्री हुने धारणा राख्नुभयाे । श्रेष्ठले बामसरकारले मिडियालाई व्यवस्थित, विश्वसनीय र स्वतन्त्र बनाउन लागि पर्ने बताउनुभयो ।


बामपंथी सरकार बने प्रेसमाथि अंकुस लाग्छ भन्ने फिजाइएकाे हल्लाकाे पछाडि नलाग्न अाग्रह गर्दै उहाँले पत्रकारलाई स्वतन्त्र काम गर्न याेग्य बनाउन राज्यकाे तर्फबाट ठाेस पहल गर्ने स्पष्ट पार्नुभयाे।, कार्यक्रममा बाेल्दै नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले देशमा भएका विभिन्न राजनीति, सामाजिक परिवर्तनहरुमा मिडियाले महत्वपुर्ण भुमिका खेलेकाे बताउनुभयो ।

उहाँले भन्नुभयाे – " मिडियाले केन्द्रदेखि स्थानीय स्तरका सुचना सम्बन्धित स्थानमा प्रवाह गरेकाे छ । नागरिककाे अार्थिक,सामाजिक रूपान्तरणमा सहयाेग पुर्याएकाे छ ।" कार्कीले प्रेस चाैतारी रामेछापलाई चौतारी रामेछापले पत्रकारीता पुरस्कारका लागि स्थापना गर्न लागेको पुरस्कार कोषको लागि नगद १० हजार समेत साेही कार्यक्रममा हस्तान्तरण गर्नुभएकाे छ ।


उहाँले क्रियाशिल र राम्रा पत्रकारलाई पुरस्कृत गर्दा प्राेत्साहन हुने र प्रेरणा मिल्ने भएकाले पुरस्कार काेषमा उक्त रकम सहयाेग गरेकाे बताउनुभयाे ।यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, प्रेस यूनियन रामेछापका अध्यक्ष बद्री नयाघरे र प्रेस सेन्टरका अध्यक्ष सुमित श्रेष्ठले पत्रकारहरुको हक अधिकार र प्रेस स्वतन्त्रताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रम प्रेस चाैतारी नेपाल रामेछापका अध्यक्ष यूनिक विफा घिसिङको अध्यक्षता भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह