Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-19 01:54 AM
राजनीति

एमाले प्रचार विभाग प्रमुख कार्कीद्वारा प्रेस चाैतारीको पत्रकारिता पुरस्कार काेषमा १० हजार प्रदान

प्रज्वल पाैडेल/माघ २२, रामेछाप ।
नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अबका दिनमा राजनीतिक दलहरूले भाषण भन्दा पनि कर्म गर्ने समय अाएकाे बताउनु भएको छ ।

प्रेस चाैतारी नेपालकाे २० अाैँ स्थापना दिवसकाे अबसरमा सदरमुकाम मन्थलीमा अायाेजित चियापान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हाे । श्रेष्ठले भन्नुभयाे – “अबका दिनमा जनतालाई जीविकाेपार्जन गर्ने वातावरण सिर्जना गर्नुका साथै ठाेस परिणाम निस्कने गरि अगाडि बढ्नुपर्छ, विकास निर्माण र अार्थिक समृद्धिकाे दिशामा जानुपर्छ ।”

श्रेष्ठले पछिल्लो राजनीति घटनाक्रम नियाल्दा प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने जस्ताे देखिएपनि अब बन्ने बाम गठबन्धनकाे सरकार मिडियामैत्री हुने धारणा राख्नुभयाे । श्रेष्ठले बामसरकारले मिडियालाई व्यवस्थित, विश्वसनीय र स्वतन्त्र बनाउन लागि पर्ने बताउनुभयो ।

बामपंथी सरकार बने प्रेसमाथि अंकुस लाग्छ भन्ने फिजाइएकाे हल्लाकाे पछाडि नलाग्न अाग्रह गर्दै उहाँले पत्रकारलाई स्वतन्त्र काम गर्न याेग्य बनाउन राज्यकाे तर्फबाट ठाेस पहल गर्ने स्पष्ट पार्नुभयाे।, कार्यक्रममा बाेल्दै नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले देशमा भएका विभिन्न राजनीति, सामाजिक परिवर्तनहरुमा मिडियाले महत्वपुर्ण भुमिका खेलेकाे बताउनुभयो ।

उहाँले भन्नुभयाे – ” मिडियाले केन्द्रदेखि स्थानीय स्तरका सुचना सम्बन्धित स्थानमा प्रवाह गरेकाे छ । नागरिककाे अार्थिक,सामाजिक रूपान्तरणमा सहयाेग पुर्याएकाे छ ।” कार्कीले प्रेस चाैतारी रामेछापलाई चौतारी रामेछापले पत्रकारीता पुरस्कारका लागि स्थापना गर्न लागेको पुरस्कार कोषको लागि नगद १० हजार समेत साेही कार्यक्रममा हस्तान्तरण गर्नुभएकाे छ ।

उहाँले क्रियाशिल र राम्रा पत्रकारलाई पुरस्कृत गर्दा प्राेत्साहन हुने र प्रेरणा मिल्ने भएकाले पुरस्कार काेषमा उक्त रकम सहयाेग गरेकाे बताउनुभयाे ।यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, प्रेस यूनियन रामेछापका अध्यक्ष बद्री नयाघरे र प्रेस सेन्टरका अध्यक्ष सुमित श्रेष्ठले पत्रकारहरुको हक अधिकार र प्रेस स्वतन्त्रताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रम प्रेस चाैतारी नेपाल रामेछापका अध्यक्ष यूनिक विफा घिसिङको अध्यक्षता भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई