2026-07-25 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा विद्रोही आक्रमण, क्षेप्यास्त्र बीचैमा नष्ट

माघ २३, रियाद (रासस/एएफ्पी) | साउदी अरबको हवाई प्रतिरक्षा बलले यमनी सिया हुथी विद्रोहीद्वारा साउदी भूभागलाई निशाना बनाई छाडिएको ब्यालिस्टिक क्षेप्यास्त्रलाई सोमबार बीचैमा नष्ट गरिदिएको राज्यसञ्चालित संञ्चारमाध्यमले जनाएको छ । 

यमनको हुथी विद्रोहीको पकड रहेको उत्तरी क्षेत्र सादाबाट गरिएको आक्रमणलाई स्थानीय समय सोमबार बेलुका ७ बजेर २३ मिनेटको समयमा नष्ट गरिएको साउदी सेनाका कर्नेल तुर्की अल मालिकीले एसपिए न्यूज एजेन्सीलाई बताउनुभयो । 

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गर्दै आएको र इरानको सहयोगप्राप्त हुथी विद्रोहीबीच सन् २०१५ को मार्चदेखि यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म नौ हजार २०० यमनी नागरिकले ज्यान गुमाएका छन् । 

साउदी गठबन्धनले इरानद्वारा हतियारप्राप्त विद्रोहीले पटक पटक यमन तथा साउदी अरबका शहरी इलाकालाई लक्षित गरी आक्रमण गर्दै आएको र तीनलाई बीचैमा नष्ट गरिएको बताउँदै आएको छ । 

गत नोभेम्बरमा पनि इरानका निर्मित हतियारद्वारा विद्रोहीले पटक पटक आक्रमण गर्दा आफ्नो सुरक्षामाथि चुनौति थपिएको भन्दै यसबारे सम्बन्धित सवैलाई जानकारी गराएको छ । नोभेम्बरमा रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको इरानमा निर्मित हतियारलाई आकाशमै नष्ट गरेको रियादले जनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक