माघ २३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ ।
मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । रासस