माघ २३, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।